-नरेन्द्रमान श्रेष्ठ तिहारपछि निरन्तर घटेको सेयर बजार अहिलेसम्म थामिएको देखिँदैन भन्दा पनि फरक नपर्ला । त्यसबेला वाम गठबन्धनले सेयर बजारमा प्रभाव पारेको भनेर पनि भन्ने गरियो त्यसबेला वाम गठबन्धनलाइ सेयर बजारले पत्याएन भनेर मिडियामासमेत चर्चा भए । त्यसबेला नेकपा माओवादी केन्द्र र नेकपा एमाले गठबन्धन गरेर निर्वाचनमा गएका थिए । अहिले वाम गठबन्धनको सरकार बन्ने पक्कापक्कीजस्तो भइसकेको छ ।
अहिले पनि वाम गठबन्धनको सरकारलाइ सेयर बजारले स्वागत गर्न सकिरहेको छैन भनेर पनि चर्चा चल्ने गरेका छन् । राजनीतिले सेयर बजारमा केही प्रभाव पार्ने गर्ने गरिरहेको हुन्छ । तैपनि सेयर बजारलाई असर गर्ने अवयवहरूमा राजनीतिक कारण मात्र हुँदैन । यसमा विविध कारणहरू हुन्छन् । सेयर बजारलाई सबभन्दा बढी पुँजी वृद्धिले प्रभाव पारेको हुन्छ । पुँजी वृद्धि गर्न परेको कारणले सेयर बजारमा हकप्रद सेयरका बाढी नै आए । यो बाढीसँगै सेयर बजारमा सेयरको आपूर्ति बढ्न गयो ।
मागभन्दा आपूर्ति बढेपछि मूल्यमा कमी त आउने नै भयो । यो अर्थशास्त्रको नियम पनि हो । त्यसैगरी बैंकहरूले निक्षेपमा दिने व्याजले पनि सेयर बजारलाई पार्ने गरेको छ । बैंकहरूको मार्जिन ल्यान्डिङले पनि सेयर बजारमा केही असर गर्ने गरेका हुुन्छन् । सेयर बजारमा राजनीतिले केही असर गर्ने गरेका छन् भनेर भन्दा पनि लगानीकर्ताहरूले सरकारलाई हेरेर होइन कम्पनीलाई हेरर लगानी गर्ने हो । लगानीकर्ताहरूले सेयर बजारमा लगानी गर्दा कम्पनीको आर्थिक स्थिति कम्पनीहरूको सवल र दुर्वल पक्षहरूलाई हेर्नुपर्दछ ।
कम्पनीले विगतमा के कस्तो प्रतिफल दिएको छ त्यसको पनि मूल्यांकन गर्नुपर्दछ । त्यसो त सेयर बजार उकालो लाग्ने र ओरालो लाग्ने भनेको सामान्य हो सेयर बजारमा नेप्से घट्ने बढ्ने भइरहन्छ । तैपनि अस्वभाविक रूपमा नेप्से घट्नेबढ्ने भएमा यसमा चलखेल भएको मान्नुपर्ने हुन्छ । सेयर बजारमा बेलाबेलामा चलखेल पनि हुने गरेका छन् । नेप्सेमा सुधार आएको बेला कम्पनीकर्ताहरूमा उत्साह थपिने गर्छ । यो भनेको सामान्य हो ।
सेयर बजारका ठूलाबडा माहिर खिलाडीहरूले नेप्से घटेको बेला किनेको सेयर बिक्री गर्नका लागि नेप्से बढाएको हो भनेर पनि भन्नेहरू नभएका होइनन् । पछिल्लो समयमा सेयरको भाउ घटिरहेको कारणले सबैजसो कम्पनीहरूको सेयर मूल्यमा कमी आइसकेको छ । यसले पनि केही कम्पनीकर्ताहरू सेयर खरिद गर्नपट्टि लागेका हुन् कि । सबैजसो कम्पनीहरूको सेयर मूल्य गतवर्षको भन्दा लगभग आधाले घटिसकेको छ ।
तैपनि सेयर बजारपट्टि कम्पनीकर्ताहरूको त्यति आकर्षण देखिएको छैन भन्दा पनि फरक नपर्ला । स्ट्यान्डर चार्टर बैंकले आफ्ना सेयरधनीहरूलाई शतप्रतिशत एक बराबर एक बोनस सेयर दिने घोषणा गर्दा पनि सेयरको मूल्यमा त्यति फरक परेको देखिँदैन । पछिल्लो समयमा कम्पनीकर्ताहरूले सेयर बजारमा त्यतिचासो नराखेको नै हो त ? पछिल्लो समयमा देशमा निर्वाचनको माहोल थियो । निर्वाचनले पनि सेयर बजारमा प्रभाव पारेको हुन्छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भएको वाम गठबन्धनले सेयर बजारमा असर गरेको र यसकारणले सेयर बजार ओरालो लागेको हो भनेर पनि चर्चा चलेको थियो । राजनीतिक खिचातानीले पनि सेयर बजारमा असर गरेको कुरा विगतले पनि पुष्टि गरिसकेकै छ । यसकारणले पनि अहिले सेयर बजारमा उतारचढाव आएको हुन सक्छ । देशमा हुने राजनीतिक गठबन्धन, सरकार परिवर्तन, दलहरू टुट्ने फुट्ने जुट्ने र निर्वाचनले पनि सेयर बजारमा असर गरिरहेका हुन्छन् । सरकार परिवर्तनसँगै सेयर बजार घट्ने बढ्ने गरेको थुप्रै उदाहरणहरू छन् ।
स्थायी सरकार शान्ति सुव्यवस्था राजनीतिक स्थिरता आदि कारणले पनि सेयर बजारमा असर गरेको हुन्छ । स्थिर सरकार, शान्ति सुव्यवस्था राजनीतिक स्थायीत्व भए देशमा कम्पनीको वातावरण बनेको मानिन्छ । लगानीकर्ताले ढुक्कसँग कम्पनी गर्ने पाउँछ । कम्पनीको माहोल बनेपछि सेयर बजारलाई मात्र होइन समग्र देशको अर्थतन्त्रलाई नै सकारात्मक असर पर्छ । अस्थिर राजनीति कम समयमा सरकार परिवर्तन भइरहने र सरकारको मोडेलअनुसार पनि सेयर बजारमा प्रभाव पारेका हुन्छन् पनि ।
कतिपय अवस्थामा सरकार परिवर्तनसँगै सेयर बजार घट्ने र बढ्ने गरेका हुन्छन् । यसकारणले पनि सरकार परिवर्तन र निर्वाचनको समयमा कम्पनीकर्ताहरू अन्योलमा हुन्छन् । उनीहरू हेर र पर्खको अवस्थामा हुन्छन् । देशमा निर्वाचनको माहोल र बैंक तथा वित्त कम्पनीहरूको प्रथम त्रैमासिक प्रतिवेदन सन्तोषजनक नभएको कारणले पनि कतिपय कम्पनीकर्ताहरू यसपटक निराशचाहिँ भएकै हुन् ।
बैंक तथा वित्त कम्पनीहरूले आफ्नो पुँजी बढाउनका लागि सेयरधनीहरूका लागि हकप्रद सेयरको भारी बोकाएका छन् । सेयरधनीहरूले हकप्रद सेयरको भारी बोक्दाबोक्दै कतिपय कम्पनीकर्ताहरूको कम्पनी गर्ने क्षमतामा नै ह्रास आएको पनि भनाइ रहेको छ । गएका दिनहरूमा निरन्तर रूपमा नेप्सेमा आएको गिरावटले पनि कतिपय नयाँ कम्पनीकर्ताहरू सेयर बजारमा प्रवेश गर्न डराइरहेको देखिन्छ ।
कतिपय छोटो अवधिका कम्पनीकर्ताहरूले केही समयको लागि ब्रेक गरेको पनि देखिन्छ । सेयर बजारमा कम्पनी गर्ने कम्पनीकर्ताहरूले बुझ्नुपर्ने भनेको यो हो कि, सेयर बजार सधैं घट्ने मात्र गर्दैन र सधैँ बढ्ने मात्र पनि गर्दैन । सेयर बजार घट्नेबढ्ने भइरहन्छ । यो सेयर बजारको विशेषता पनि हो र यस्तो हुन पनि पर्दछ । सेयर बजार घट्यो भन्दैमा कम्पनीकर्ताहरू आत्तिन र डराउनुपर्ने हुँदैन । राम्राराम्रा कम्पनीहरूमा कम्पनी गरेका कम्पनीकर्ताहरू राजनीति कारणले डराउनु पर्दैन ।
सेयरबजारका कम्पनीकर्ताहरू स्वयं सजग सचेत हुनु पहिलो आवश्यकता हो । सेयर बजारका जानकारसँगको सल्लाह र कम्पनीहरूको बारेमा राम्ररी अध्ययन गरेर मात्र कम्पनी गर्नुपर्दछ । राम्रा कम्पनीहरूमा कम्पनी गरेका लामो अवधिका कम्पनीकर्ताहरू जो होल्डमा बसेका हुन्छन् उनीहरू केही समय नेप्से घट्दैमा डराउनुपर्ने अवस्था हुँदैन तर छोटो अवधिका कम्पनीकर्ताहरूलाई भने सेयर बजार घटेको समयमा केही अप्ठ्यारा भने हुने गर्दछन् ।
त्यसो त सेयर बजार चल्ने भनेकै छोटो अवधिका कम्पनीकर्ताहरूबाट हो । अब निर्वाचनको माहोल पनि सकिएको छ अबको सरकार वाम गठबन्धनको बन्ने पक्काजस्तो भइसकेको छ । अबको सरकार स्थायी हुने अनुमान गर्न सकिन्छ । स्थायी सरकार भएमा देशमा कम्पनीको वातावरण बन्छ ।
कम्पनीको वातावरण बने कम्पनीकर्ताहरू र सेयर बजारलाई पनि फाइदा हुने देखिन्छ । सरकारको नीति तथा कार्यक्रमले पनि सेयर बजारमा केही असर गर्ने गर्दछ । तैपनि कम्पनीकर्ताहरूले कम्पनी गर्ने भनेको कम्पनीलाई हेरेर हो सरकारलाई हेरेर होइन । कुन सरकार छ भनेर हेर्नुभन्दा पनि कुन कम्पनीको सेयरमा कम्पनी गर्ने भनेर हेर्नुपर्छ ।
प्रतिक्रिया