काठमाडौं । नेपाल ट्राइयाथलनका प्रशिक्षक युवराज सुनुवार लेभल टु प्रशिक्षक हुन सफल भएका छन् । कोरियाको इन्चोनमा सम्पन्न लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्षमा सुनुवार उत्तीर्ण भएको नेपाल ट्राइयाथलन संघका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी गराए ।
सुनुवार दक्षिण एसियामा नै लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्स उत्तीर्ण गर्ने १ मात्र प्रशिक्षक भएको श्रेष्ठले बताए । सुनुवारको सफलता नेपालमा ट्राइयाथलनको विकास र विस्तारमा निकै नै महत्वपूर्ण स्थान रहेको र दक्षिण एसियामा नेपालले ट्राइयाथलनमा फड्को मार्ने श्रेष्ठले जानकारी गराए ।
यसका साथै नेपालमा लेभल टु कोर्ष गर्ने १ प्रशिक्षक सुनुवारसहित एक ओटी (प्राविधिक अधिकृत) धनेश प्रजापती रहेका छन् । नेपालमा ट्राइयाथलनको स्थापनाको छोटो अवधीमा नै यस खेलले निकै फड्को मार्न सफल भएको छ । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागीता जनाउनुका साथै पदक हासिल गर्न सफल भईसकेका छन् ।
कोरियन खेलकुद मन्त्रालय तथा कोरियन ओलम्पियक कमिटीको आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय ट्राइयाथलन युनियनको सहयोग तथा कोरियन ट्राइयाथलन महासंघको आयोजनामा १४ देखि १८ नोभेम्बर, २०१७ सम्म भएको लेभल टु प्रशिक्षक कोर्ष
प्रतिक्रिया