आधारभूत तहमा अध्ययन गर्ने बालबालिकालाई पोशाक

पाल्पा, ९ कात्तिक । माथागढी गाउँपालिका–३, कसेनीभित्रका आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।

माथागढी गाउँपालिका-३ नं ले वडा कार्यालयअन्तर्गत बालबालिका शीर्षकबाट रू तीन लाख बजेटले वडाभित्रका आधारभूत तहमा अध्ययन गर्ने ५०० बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको बाल संरक्षण समितिका सचिव गोविन्द्र भट्टराईले जानकारी दिए ।

वडाभित्रका जल्लादेवी, साहारादेवी, जनउद्दार, विक्रम आधारभूत विद्यालयम र दिव्यजोति माविमा अध्ययन गर्ने आधारभूत तहका विद्यार्थीले पोशाक पाएका थिए ।

पोशाक वितरणवाट आर्थिकरूपमा विपन्न विद्यार्थीका अभिभावकलाई राहत मिलेको छ ।

प्रतिक्रिया