तेहरान नजिक इस्लामिक स्टेट्सका नेता पक्राउ

Pakrauतेहरान, २९ भदौ । इरानको राजधानी तेहरानमा इस्लामिक स्टेट्स आईएस अतिवादी समूहका नेता पक्राउ परेको इरानी समाचार च्यानलहरूले बुधबार जानकारी दिएका छन् ।

ती नेताको साथमा ३०० आईएस सदस्य रहेका र जसले आगामी महिना सिया मुसलमान समूदायको पर्वको बेलामा आक्रमण गर्ने योजना बनाइरहेका पाइएको थियो ।

‘इलिट रेभोलुसनरी गार्ड’का सदस्यहरूले ती आईएसका नेतालाई पक्राउ गरेका थिए ।तेहरानको छिमेकमा पर्ने दोलाताबादमा इराकी समुदायसँग राति बसिरहेका ती आईएस नेतालाई पक्राउ गरिएको थियो ।

इरानले बेला बेलामा आईएससँग सम्बन्धित अतिवादी नेताहरू पक्राउ परेका र उनीहरूको आक्रमणको योजना निष्क्रिय बनाएको घोषणा गर्दै आएको छ ।

आईएस आतंककारी समूहले गत जुनमा तेहरानस्थित संसदमा भएको आक्रमणको जिम्मेवारी लिएका थिए । यसमा परी कम्तीमा १७ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया