काठमाडौं । सन् १८४० को जुन महिनामा ब्रिटिस युद्धपोतहरूको एउटा लस्कर चीनको पर्ल रिभर डेल्टामा पुगेर आक्रमण सुरु ग¥यो । उतिबेला कमजोर तटीय सुरक्षा व्यवस्था रहेको पृष्ठभूमिका बीच लडाइँमा ब्रिटेनको सामना गर्न नसकेको चीन घुँडा टेक्न बाध्य भयो । त्यो पहिलो अफिम युद्ध थियो जसमा हजारौं मानिस मारिए, त्यो पनि खुला व्यापारको नाममा । गैरकानुनी भए पनि त्यतिबेला चीनमा अफिम कारोबारप्रति निकै आकर्षण थियो । स्कटल्यान्डका दुईजना व्यक्ति अफिम कारोबारमा संलग्न थिए र अफिम युद्धको थालनीमा उनीहरूले ठूलो भूमिका निर्वाह गरेका थिए । डमफ्रेसरका विलियम जार्डाइन पेसाले एक पूर्व चिकित्सक थिए र सदरल्यान्डका जेम्स म्याथिसन एक व्यापारी थिए । चीनको एउटा वेश्यालयमा पहिलोपटक भेटेका उनीहरू व्यापारमा साझेदार बन्न पुगे । सन् १९३२ मा दक्षिणी चीनको क्यान्टन सहरमा उनीहरूले जार्डाइन, म्याथिसन एन्ड कम्पनी खोले ।
१३ वटा उद्योग भएको सो जिल्लाको एउटा क्षेत्रमा मात्रै विदेशीहरूलाई व्यापार गर्न दिइएको थियो । उनीहरूले चियाको सट्टा अफिमको कारोबार गर्दथे । ब्रिटेनमा चाँहि चिया निकै लोकप्रिय थियो । १८ औं शताब्दीको अन्त्यसम्म ब्रिटेनले क्यान्टनबाट प्रतिवर्ष ६० लाख पाउण्ड बराबरको चिया आयात गर्दथ्यो । त्यतिबेला चीनले कारोबारमा चाँदी मात्रै स्वीकार्ने गरेकोले व्यापार गर्न ब्रिटेनले निकै संघर्ष गर्नुपरेको थियो । ब्रिटेनले चिया खरिद गरेवापत भाँडाकुँडा, वैज्ञानिक उपकरण र ऊनी कपडा जस्ता सामान दिने प्रस्ताव ग¥यो । तर चीनले ब्रिटिश प्रस्ताव अस्वीकर ग¥यो । चीनका तत्कालीन सम्राट कियान लंगले राजा जर्ज तृतीयलाई पत्र लेखे, ‘हामीसँग सबथोक छ र ती सबै उच्च गुणस्तरका छन् । तपाईँहरूले दिने सामानको मैले कुनै महत्व दिन्न र तपाईँको देशमा निर्मित सामानको मेरो देशमा कुनै उपयोग छैन ।’
५० वर्षसम्म ब्रिटेनले चीनलाई २ करोड ७० लाख पाउण्ड बराबरको चाँदी भुक्तान ग¥यो तर त्यसको सट्टा उसले चीनलाई मात्र ९० लाख पाउण्ड बराबरको सामान बेच्न सक्यो । ब्रिटेनले चीनबाट आयात गर्ने चियाको मूल्य बिस्तारै बढ्न थाल्यो तर पैसा बनाउने कुनै विकल्प देखिएको थिएन । कम्तीमा कानूनी रूपमा त्यस्तो अवस्था देखियो । भारतमा रहेका ब्रिटिश व्यापारीहरूले त्यस्तो अवस्थालाई अवसरका रूपमा हेरे । त्यतिबेला बंगालमा ठूलो मात्रामा अफिम खेती हुने गर्दथ्यो । चीनमा अफिम प्रतिबन्धित भएपनि चिनियाँ चिकित्सा पद्धतिमा हजारौं वर्षदेखि अफिमको प्रयोग हुँदै आएको थियो । तर १५ औं शताब्दीमा सूर्तीमा मिसाएर आनन्दका निम्ति त्यहाँ अफिमको प्रयोग हुन थाल्यो । छिट्टै चिनियाँ समाजको एउटा ठूलो हिस्सा अफिमको कुलतमा फस्यो । र, समाज त्यसको गलत असर देखिन थाल्यो । अफिमको कुलतमा फसेका मानिसहरूले अफिम किन्नका लागि आफ्ना सामान समेत बेच्न थाले ।
चिनियाँ सम्राट युङ जङले सन् १७२९ मा अफिमको खरिद–बिक्री तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाए । तर, त्यसको सय वर्ष बितिसक्दा पनि चीनका मानिसहरूका अफिमप्रतिको आशक्तिमा कुनै कमी देखिएन । र, ब्रिटिशहरूले उक्त कुलतलाई लिएर शोषण गर्न थाले । सन् १८३६ सम्ममा भारतबाट प्रत्येक वर्ष ३०,हजार डिब्बा अफिम चीन पुग्न थाल्यो । कुल कारोबारको एक चौथाई हिस्सामा जार्डाइन, म्याथिसन एण्ड कम्पनीको कब्जा थियो । अफिममाथि चिनियाँ प्रतिबन्धका माझ ब्रिटेनले चीनबाट आम्दानी बढाउने बाटो निकाल्यो । हङकङ विश्व विद्यालयका प्राध्यापक जोन क्यारोल भन्छन्, ‘ब्रिटिशहरूलाई यो महसुस भयो कि भारतको पूर्वी क्षेत्रमा ठूलो मात्रामा अफिम खेती हुन्छ र चीनमा त्यसको तस्करी गरेर धेरै पैसा आर्जन गर्न सकिन्छ ।’ र, क्याण्टनको तटीय स्थितिका कारण चीनमा अफिम तस्करी गर्न ब्रिटेनलाई सहज भयो ।
प्राध्यापक क्यारोल भन्छन्, ‘उनीहरूले सजिलैसँग तटीय क्षेत्रमा पुग्ने गरी साना डुंगामा अफिम ओसार्थे । त्यो लिनलाई तटमा मानिसहरू हुन्थे । आर्थिक दृष्टिकोणले ब्रिटेनका लागि त्यो महत्वपूर्ण सावित भयो ।’ तर चिनियाँ कानून विपरीतको ब्रिटेनको गतिविधि धेरै समयसम्म गोप्य रहन सकेन । सन् १८३९ मा चिनियाँ सम्राट डाओग्वाङले नशालु पदार्थविरुद्ध युद्धको घोषणा गरे । चिनियाँ सेनाले क्यान्टनको औद्योगिक क्षेत्रस्थित पश्चिमा व्यापारीहरूको गोदाममा छापा मारे र सिलबन्दी गरिदिए । चीनले विदेशी व्यापारीहरूलाई आत्मसमर्पण गर्नका निम्ति बाध्य बनायो । चीनले उक्त कारबाहीका क्रममा २० लाख पाउण्ड मूल्यको सामान जफत ग¥यो । त्यसमा २० हजार अफिमका डिब्बा र ४२ हजार अफिम सेवन गर्ने पाइप पनि थिए ।
चिनियाँ कारबाहीबाट झट्का बेहोरेपछि विलियम जार्डाइन क्यान्टनबाट लण्डन फर्किए र त्यहाँ उनले ब्रिटिस विदेशमन्त्री लर्ड पाल्मर्स्टनलाई चीनमाथि जवाफी कारबाही गर्न आग्रह गरे । ब्रिटिस साम्राज्यले भारतमा संकलन गर्ने राजस्वमा अफिमको ठूलो योगदान थियो । अतः चीनमा नौसेना पठाउने निर्णयमा पुग्न ब्रिटिस सरकारलाई धेरै समय लागेन । सन् १८४० को जुनमा ब्रिटेनका १६ वटा युद्धपोत र १७ वटा पानीजहाज चीनको पर्ल रिभर डेल्टातर्फ लागे । जहाजबाट ४ हजार मानिसहरू तटीय क्षेत्र नजिक पुगे । ब्रटिश लश्करमा फलामबाट निर्मित नेमेसिस युद्धपोत पनि थियो जसमा दुई माइलसम्म हान्न सकिने ‘रकेट लञ्चर’ थियो । युद्धका निम्ति चीन तयार रहे पनि ब्रिटेनको सामना गर्न सक्ने हैसियत उसमा थिएन ।
ब्रिटेनले चिनियाँ अस्त्रहरू साढे ५ घन्टाभित्रै ध्वस्त पारिदियो । त्यसपछि ब्रिटिस नौसैनिकहरू चिनियाँ तटीय क्षेत्र हुँदै सांघाईतर्फ बढे । अधिकांश चिनियाँ सैनिकहरू अफिमको कुलतमा फसिसकेका थिए र हरेक युद्धमा हार्न थालेका थिए । ब्रिटेनसँगको अफिम युद्धमा २० हजारदेखि २५ हजार चिनियाँ मारिए जबकि मात्र ६९ जना ब्रिटिशहरूले ज्यान गुमाए । उक्त युद्धपछि चिनियाँ साम्राज्य तहसनहस हुन पुग्यो । सन् १८४२ को अगस्टमा नान्किङ सहरनजिकै पर्ने एचएमएस कर्नवालिसमा चीनले ब्रिटेनसँग सम्झौता ग¥यो जसलाई ‘असमान सन्धि’ को रूपमा हेरिन्छ । सम्झौतासँगै चीनले विदेशी व्यापारका लागि ५ वटा बन्दगाह खोल्नुप¥यो अनि अफिम कारोबार नहुँदा र युद्धका कारण ब्रिटेनले क्षति बेहोरेको भन्दै चीनले क्षतिस्वरूप २ करोड १० लाख चाँदीका सिक्का दिनुप¥यो ।
प्रतिक्रिया