निर्भिक पत्रकारको अवसान

_97697953_5c5e0a5c-1400-4cb3-8cf0-f0983cdf66ffभारत २३ भदौ । ‘आज हामी के का लागि लड्ने ?’ एकजना नाम चलेका आफ्ना पत्रकार साथीलाई बिहानै टेलिफोन गर्ने क्रममा गौरी लंकेशले सधैँ सोध्थिन् । ‘तिमीलाई के चित्त बुझिरहेको छैन ?’ठूलो स्वरमा सासै नफेरी बोल्ने लंकेशले आफ्ना सम्पादक साथीलाई उनका मन छुने मुद्दामा उनको पत्रिकाले किन निर्भिकतापूर्वक सम्पादकीय अडान नलिएको भनेर प्रायः सोध्ने गर्थिन् । ‘यदि तिमीहरू जस्ता ठूला व्यक्तिले प्रष्ट अडान लिन सक्दैनौँ भने हामीले कसरी अडान लिन सकौँला ?’ आफू बस्ने बंगलुरु सहरमा लंकेशले एउटा चर्चित साप्ताहिक ट्याबलोइड सम्पादन गर्ने गर्थिन् । उनका पिताबाट लंकेशलाई हस्तान्तरण गरिएको उक्त पत्रिका स्थानीय कन्नड भाषामा छापिन्थ्यो । ग्राहक शुल्कबाट सम्पूर्ण रूपमा चलिरहेको उक्त पत्रिकाले विज्ञापन अस्वीकार गथ्र्याे र गौरी लंकेश पत्रीके नामक उक्त ट्याबलोइड आक्रामक वाम विचारधाराका कारण चर्चित रहेको थियो ।

लंकेश दक्षिणपन्थी हिन्दुवादी संगठनहरूको कटु आलोचक रहेकी थिइन् । उनले धार्मिक र बहुमतीय राजनीतिले भारतलाई टुक्रयाउने विश्वास गर्थिन् । दक्षिणपन्थी हिन्दुवादी संगठनको धम्कीपछि एकजना भारतका अग्रणी विद्वान् तथा तर्कवादी चिन्तक एमएम कालबुर्गीलाई दुई वर्षअघि बंगलुरुमा हत्या गरिएपछि उनले भनेकी थिइन्, ‘ म लाई जेसुकै होस मलाई मतलव छैन्, उनीहरूले मलाई वेश्या सम्म भने तर, म यो देशका लागि एकदमै चिन्तित छु, यिनीहरूले देशलाई टुक्र्यउँदै छन् ।’उनी अरू विषयहरूमा पनि स्पष्ट थिइन् । लंकेश खुला रूपमा माओवादीहरू प्रति सहानुभूति राख्ने गर्थिन् र उनीहरूलाई मूलधारमा ल्याउन उनले निक्कै संघर्ष पनि गरिन् । अछुत भनेर टिप्पणी गरिने दलितहरूलाई अधिकार दिलाउन उनले निक्कै पैरवी पनि गरिन् । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टी प्रतिको आफ्नो अरुचि उनले स्पष्ट नै राखेकी थिइन् ।

फेसबुकमा राखिएका उनका सन्देशहरूले बेला बेलामा प्रधानमन्त्री मोदीलाई ब्यग्यं समेत गर्ने गर्थे । एउटा पछिल्लो सन्देशमा उनले मोदीबारेको भ्रम सफलतापूर्वक चिर्न सफल भएको भन्दै भारतका हास्य कलाकारहरूको प्रशंसा गरेकी थिइन् । उनले तिनीहरूप्रति आफ्नो समर्थन जनाउँदै लेखेकी छन्, ‘हामीहरू सबै तिमीहरूको साथमा छौँ र हाम्रो धर्म निरपेक्ष भारत एक दिन हामी फिर्ता ल्याउनेछौँ ।’ तटस्थतालाई बेवास्ता गर्दै लंकेशको अखबारले प्राय तीखो र जुरुक्क पार्ने खालका धारणाहरूलाई स्थान दिने गथ्र्यो । कहिलेकाँही तथ्यलाई समेत उनका समाचारहरूले यथोचित स्थान दिँदैनथ्यो र त्यसले उनका धेरै साथीहरूलाई अप्ठेरोमा समेत पार्ने गथ्र्यो । तर निष्पक्ष भएर भन्दा लंकेशले कहिले पनि आफ्ना चाहनाहरूलाई लुकाइनन् । उनले आफ्नो ट्विटर प्रोफाइलमा आफूलाई ‘पत्रकार–अभियानकर्ता’ का रूपमा चिनाएकी थिइन् । आश्चर्य नै भएन, उनको पत्रिकाविरुद्ध कैयौँ मानहानीका मुद्दाहरू परिरहन्थे ।

अघिल्लो वर्ष भारतीय जनता पार्टीका स्थानीय नेताबारे छापिएको समाचारका लागि मानहानीमा उनलाई दोषी ठहर गरियो । त्यसपछि भारतीय जनता पार्टीका सूचना तथा प्रविधि विभागका प्रमुखले एउटा सन्देश ट्विटरमा लेख्दै ‘अरु पत्रकारहरूले पनि उक्त विषयलाई जानकारीमा लिनुपर्ने’ धारणा राखे जसले चर्को विवाद समेत निम्त्यायो । तर लंकेश कहिल्यै झुकिनन् । पत्रिकाको खस्कँदो ग्राहक संख्या तथा आम्दानीका माझ समेत उनको ट्याबलोइड आफ्ना शक्तिशाली दुश्मनहरूसँग भिडिनै रह्यो । आफ्नो पत्रिका बाहेक लंकेशले सम्भवत उनका पिता पी. लंकेशबाट कर्नाटकको बहुआयामिक संस्कृति पनि उपहारमा पाएकी थिइन् । पी लंकेशले एउटा जीवन्त र उच्च ग्राहकदर भएको पत्रिका मात्रै स्थापना गरेनन् उनले पुरस्कार जित्ने उपन्यासहरू लेखे, चलचित्र बनाए र ती सबैमा चलयमान एवं बहुसांस्कृतिक रंग समेत दिए ।

उनी पनि एक जना निर्भिक अभियानकर्ता थिए । तीन सन्तानमध्ये एक लंकेशले निकै पहिला नै पत्रकारिता गर्ने निधो गरेकी थिइन् । उनले दिल्लीमा पत्रकारिता विषयको अध्ययन गरिन् । उनका कक्षाकोठाका सहपाठीहरू उनको ‘कडा, नझुक्ने र क्रान्तीकारी’ स्वभावको सम्झना गर्छन् । उनले अग्रणी दैनिक पत्रिकामा काम गरिन्, अहिले बन्द भएको एउटा म्यागेजीनका लागि लेखिन् र एउटा नयाँ अंग्रेजी न्युज च्यानलमा पनि आबद्ध भइन् । सन् २००० मा आफ्ना पिताको निधन भएपछि सुरुमा उनले उनको २० वर्ष पुरानो पत्रिका सम्हाल्न अनिच्छा व्यक्त गरिन् । कन्नड उनको एकदमै दख्खल भएको क्षेत्र नभएको उनका साथीहरू सम्झन्छन् । तर जब उनले उक्त पत्रिका सम्हालिन उनले त्यसलाई पूर्ण राजनीतिक अखबार बनाइन र कट्टर राजनीतिक अडानहरू लिन थलिन् ।

उनका साथीहरूले लंकेशलाई बेलाबेला एक जना आक्रामक तथा मायालु व्यक्तित्वका रूपमा पाउने गर्थे । उनले दुईजना विद्यार्थी नेताहरूलाई धर्म सन्तानका रूपमा ग्रहण गरिन् जसमध्ये एक जना अछुत दलित परिवारबाट थिए । उनले तीनिहरूलाई आफ्ना घरमा बोलाउँथिन् । जब उनीहरूलाई टिसर्टहरू उपहार दिने इच्छा उनलाई लाग्थ्यो, उनले आफ्ना पुरुष साथीहरूलाई टेलिफोन गर्थिन् र सोध्थिन्, ‘उनीहरूलाई कुन रंग मन पर्ला, तिमीलाई के लाग्छ ?’ हालैका महिनामा लंकेशले प्रेस स्वतन्त्रतामाथि निरन्तर भइरहेका प्रहार, स्थानीय राजनीति र भारतको प्रविधि राजधानी मानिने उनको शहर कसरी महिलाहरूका लागि असुरक्षित बनिरहेको छ भन्नेबारे कलम चलाएकी थिइन् ।

उनले बढ्दो घरेलु हिंसाका कारण आफूलाई पीडा भइरहेको मात्र लेखिनन्, दाइजो नल्याएको निहुँमा भएका हत्या, महिलामाथि भएका एसिड हमलाले कुनै बेला अवकाश प्राप्त व्यक्तिहरूका लागि स्वर्ग भनिने बंगलुरु सहरलाई गिज्याइरहेको उल्लेख गरिन् । गएको जनवरी महिनामा उनले लेखेकी थिइन्, ‘बंगलुरुका महिलाले पहिले जस्तै गरी बाँच्न पाउन आफ्नो अधिकार फिर्ता लिन के गर्नसक्छन् ?’ सोमबार राति बंगलुरु सहरको बाहिरपट्टि रहेको उनको घर बाहिर लंकेशलाई गोली हान्ने मोटरसाइकलमा आएको बन्दुकधारीले सम्भवतः उनका कामकै कारण उनको हत्या गरेको हो ।

प्रतिक्रिया