‘सबै एकैसाथमा छाैँ,अखिल क्रान्तिकारीमा धुव्रीकरण हुँदैन’

21317955_10213026831841553_3877747949089751451_nअनेरास्ववियु क्रान्तिकारीको २१आैँ राष्ट्रिय सम्मेलनबाट रन्जित तामाङले झिनो मतले अनिल शर्मालाई पराजित गरे । तामाङ ०५५ सालबाट अखिलबाट राजनीतिमा होमिएका हुन् । ०५६ सालमा महेन्द्रमोरङ क्याम्पसको कमिटीको इकाई सदस्य हुँदै उनी ०५८ सालमा पार्टीको पूर्णकालीन कार्यकता भएर भूमिगत भएका थिए । ०५८ साल १९ पुसदेखि ०६० साल २९ वैशाखसम्म तोपगाछीमा जेलजीवन बिताएका उनी ०६० सालमा क्रान्तिकारीको झापा अध्यक्ष, ०६१ सालमा केन्द्रीय सदस्य हुँदै ०६७ सालमा सचिव, ०७१ सालमा उपाध्यक्ष हुँदै अहिले अध्यक्ष भएका छन् । निर्वाचित भएपछि उनको दैनिकी पनि परिवर्तन भएको छ । मिनेटमिनेटमा आउने फोनमा उनी संगठनको काममा व्यस्त हुन्छन् ।
कुराकानीकै क्रममा उनले पार्टीको चाहना विपरीत अध्यक्ष भएको बताउँछन् । उनले पार्टीलाई निर्वाचन गर्दा अखिलमा धुव्रीकरण हँुदैन भनेपछि नेताले उनी लगायतका कुरा सहमत भएपछि निर्वाचन भएको हो । नवनिर्वाचित अध्यक्ष तामाङसँग निर्वाचनमा कसरी जितियो र अबको शैक्षिक आन्दोलनबारे सौर्य दैनिकका लागि शरद शर्मासँग गरिएको कुराकानी ।

भर्खर निर्वाचित हुनुभएको छ आफ्नो विजयलाई कसरी लिनुभएको छ ?
क्रान्तिकारीको इतिहासमा म पहिलोपटक निर्वाचित भएको हुँ । हामीले १८आैँ सम्मेलनबाट निर्वाचनको प्रक्रियाबाट नेतृत्व चयन गर्न माग गरेका थियौँ । तर, त्यो अहिले २१आँै सम्मेलनमा मात्र पूरा भएको छ । यसलाई क्रान्तिकारीले उपलब्धिको रूपमा लिनुपर्दछ । हाम्रो संगठनमा पनि सहमतिको आधारमा नेतृत्व चयन गर्दा असन्तुष्टि बढेको थियो । धेरै प्रकारका साथीहरूको प्रश्न पनि थिए सहमतिमा नेतृत्व चयन गर्दा ।

तर, अहिले हाम्रो मुल पार्टी माओवादी केन्द्र र साथीहरूको सहयोगमा पहिलोपटक निर्वाचनको विधिबाट नेतृत्व चयन भएको छ । म आफूलाई भाग्यमानी पनि ठान्दछु । निर्वाचनको प्रक्रियाबाट नेतृत्व चयन गरेकोमा । मलाई खुसी लागेको छ र आन्दोलनका उपलब्धि पूरा गर्ने जिम्मेवारीबाट गम्भीर पनि बनेको छु ।

20882927_1385528954897282_8089350831908712449_n

तपाईंले अन्तिम समयमा आएर क्रान्तिकारीमा गोल गर्नुभयो भन्ने छ नि ?
म विगत १ वर्षदेखि नै नेतृत्वको तयारी गर्दै थिएँ । मैले संगठनको अवधारणा, शैक्षिक र संगठनात्मक गतिविधिलाई नजिकबाट नियालिरहेको थिएँ । अनि साथीभाइले पनि त नै बन्नुपर्दछ भन्ने दबाब आयो । पार्टीले यसपटक पनि सहमतिको प्रयास गरेको थियो । तर, मसहितका केही साथी निर्वाचनमा जानुपर्दछ । लोकतान्त्रिक विधि प्रक्रिया अपनाउनु पर्दछ ।

जितहार हामीले स्वीकार गर्नुपर्दछ भनेपछि निर्वाचनको प्रक्रिया अपनाइएको हो । हारजित जे भए पनि अखिलमा धुव्रीकरण हुँदैन भन्ने पार्टीलाई विश्वस्त पारौँ । र, सबै साथीभाइको मनोभावना पनि निर्वाचन प्रक्रियामा नै थियो । त्यसैले चुनावमा होमिएपछि साथीभाइको सहयोगमा मैले जित हात पारेँ ।

तपाईं क्रान्तिकारीलाई कस्तो बनाउनुहुन्छ ?
पहिले विद्यार्थी आन्दोलनको संगठन बनाउँछु । ‘सबै जनताका छोराछोरी क्रान्तिकारीका छोराछोरी’ भन्ने नारालाई मैले मूर्त रूप दिन्छु । विधि र पद्दतीको संगठनात्मक संरचना बनाई शैक्षिक अधिकारको नेतृत्व गर्ने संगठन मैले क्रान्तिकारीलाई बनाउनेछु । अर्को कुरा सार्वजनिक शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, शिक्षामा देखिएको एकाधिकार राजकाविरुद्ध अब क्रान्तिकारी सार्वजनिक रूपमा मैदानमा उत्रिन्छ ।

कलेज र विश्वविद्यालयलाई पुनर्संरचना गर्न आवश्यक छ । मल्टिटेक्नोलोजी ल्याब, आधुनिक पुस्तकालय सर्वसुलभ तरिकाले विद्यार्थीले पाउने बातावरण बनाउनु पर्दछ । साथै शैक्षिक संस्था बेरोजगार होइन थिंकट्याकको रूपमा दक्षजनशक्ति उत्पादन गर्ने बनाउनु पर्दछ । यस्तै त्रिविलाई शोध र अनुसन्धानको केन्द्र बनाउने मेरो योजना रहनेछ । यसैगरी तेस्रोमुलुक हामी टेक्निकल र भोकेसनल शिक्षा, माविदेखि प्राविधिक शिक्षा, शिक्षामा बढी बजेट बढाउने मेरो ध्यान रहनेछ । शैक्षिक निकायका रूपमा रहेका शिक्षामन्त्रालय, त्रिवि, शिक्षा विभाग गैरजिम्मेवार उत्तरदायी नभइदिनाले विकृत बढेको छ ।

यसैगरी शैक्षिक लोन प्रभावकारी कार्यन्वयन गर्न पनि मेरो जोड हुन्छ । अन्य संगठनका साथीसँग यसविषयमा थप योजना बनाइनेछ । यथाशीघ्र लोन कार्यान्वयन गराउन पहल गरिनेछ । मेरो नेतृत्वमा क्रान्तिकारी संघर्ष र अन्दोलित हिजोजस्तो हिंसात्मक नभई शिक्षाका उपलब्धी प्राप्त गर्न सिर्जनशील र रचनात्मक आन्दोलन गरिनेछ ।

18447089_10212645307063672_2253143506966343119_n

तपाईंका सामु चुनौती कस्ता छन् ?
हो पक्कै यी काम गर्नका लागि चुनौति रहेका छन् । हाम्रोजस्तो मुलुकमा संसदीय अभ्यास भएता पनि पटकपटक सरकार फेरिने गर्दछन् । एउटा सरकारले बनाएको नीति अर्को सरकार आउँछ परिवर्तन हुन्छ ।

जस्तोसुकै विद्यार्थीले आन्दोलन गर्दा पनि सरकार परिवर्तन भएसँग आन्दोलनको उपलब्धी शून्य हुने गरेको छ । अब हरेक अभिभावकको अनुहारमा खुसी सार्वजनिक शैक्षिक संस्थाको विकास र उन्नति भन्ने मूल नाराका साथ म अगाडि बढ्छु ।

विद्यार्थी आन्दोलन कसरी हाँक्नुहुन्छ ?
क्रान्तिकारी सधैँ प्रतिपक्षमा बसेर आन्दोलन गरेको छ । हाम्रो पार्टी सरकारमा छँदा पनि हामी प्रतिपक्षको भूमिकामा बसेर आन्दोलन ग¥यौँ ।

सरकारसँग राजनीतिक संक्रमणकालमा थुप्रै सहमति र सम्झौता गरेका छौँ । मेरो पहिलो काम त्यो पूरा गराउनतर्फ ध्यान केन्द्रित हुनेछ । अर्को कुरा पूरा नहुन सकेका गरिबी, निमुखा, जेहेन्दार, सहिद परिवारका छोराछोरीलाई शिक्षा उपलब्ध गराउन मेरो आन्दोलन हुनेछ ।

विद्यार्थी आन्दोलनले उपलब्धी हासिल गरे पनि व्यवहारमा किन हुन नसकेको हो ?
हामी यतिन्जेल राजनीतिक परिवर्तनमा समेत होमिएका थियौँ । अब, राजनीतिक परिवर्तन पूरा भइसकेको छ । तिनलाई संस्थागत गर्न मात्र बाँकी रहेको छ । अब त्यो राजनीतिकबाट गर्नेछन् । त्यतिबेला उठाइएका आन्दोलनबाट प्राप्त शैक्षिक मुद्दालाई कार्यान्वयनमा हाम्रो जोड हुन्छ । त्यतिबेला गरेका आन्दोलन संक्रमणकालीन अवस्थामा भएकोले पूरा नभएका हुन् । अब त्यो पूरा गराउनतर्फ हामी केन्द्रित हुने छाैँ । अब हाम्रा आन्दोलन देश विकास, रोजगार, आत्मनिर्भरतिर उन्मुख हुनेछ । समग्र समृद्धिको नारा र अभियानमा विद्यार्थी आन्दोलनलाई अगाडि बढाइनेछ ।

तपाईंको नेपालका शैक्षिक विकृति अन्त्य गर्न के कस्ता योजना छन् ?
राज्य कमजोर भएको हुनाले विकृत बढेका छन् । राज्यले निमयन गर्न नसक्दा विकृत ज्यूँका त्यूँ छन् । दलाल र माफियाले शैक्षिक विकृत भित्राएका छन् । तीनलाई इन्काउन्टर गर्ने सरकारसँग दम छैन । सरकारकै मान्छे विकृत भित्र्याउन लागि परेका छन् । गुणस्तरीय वृद्धि गर्न कुनै सरकारी निकाय लागेका छैन । अब तिनलाई चिर्दै हामीले विधि र पद्धतिबाट त्यस्ता विकृत अन्त्य गर्ने पहिलो काम हुनेछ । हामीले चाँडै नै विकृत रोक्नका लागि योजना बनाउँदै छौँ ।

अहिलेका शैक्षिकसंस्था जताततै अस्तव्यस्त छन् । कसरी व्यवस्थित बनाउने होला ?
विश्वविद्यालयको प्रशासनिक षड्यन्त्र कमजोर छ । राजनीतिक भागबन्डामा सबै विश्वविद्यालय चलेका छन् । जसले गर्दा विकृति बढेको छ । पहिलो कुरा त राजनीतिक नियुक्ती रोक्नुपर्दछ । एकेडेमिक, शैक्षिकरूपमा स्वच्छ कुनै राजनीतिक पक्षधर नभएको मान्छे त्रिविको पदाधिकारीमा आउनुपर्दछ अनि मात्र त्रिवि सुध्रिन्छ । यस्तै पुरानो जनशक्तिले चलिरहेको विश्वविद्यालयमा नयाँ जनशक्ति ल्याउनु पर्दछ ।

आज आंगिक क्याम्पसमा विद्यार्थीको रोजाइ कम हुन थालेको छ । त्यसलाई बढाउनु पर्दछ । विभिन्न बहुप्राविधिक विषय क्याम्पसमा राखिनु पर्दछ ।  विषयगत क्याम्पस स्थापना गर्नुपर्दछ । सेमेस्टर प्रणालीको फिडब्याक त्यति राम्रो आएको छैन । यसलाई सुधार गर्न जरुरी रहेको छ । समयमा परीक्षा गर्नका लागि त्रिविले शैक्षिक क्यालेन्डर राम्रोसँग लागू गर्नुपर्दछ । त्यसैले विश्वविद्यालयको पुनर्संरचना परिवर्तन गरी गुणस्तरीय र स्तरीय शिक्षा प्रदान गर्नुपर्दछ ।

जनवादी शिक्षाको एजेन्डा छाडेर समाजवादी शिक्षातिर लाग्नुभयो । के जनवादी शिक्षा पूरा नहुने भएर समाजवादीतिर लाग्नुभएको हो र ?
हाम्रो परिकल्पना जनवादी शिक्षा प्रणाली थियो । जो माक्र्सवादी दर्शनसँग सम्बन्धित थियो । हामीले जनवादी सत्ता प्राप्त गर्न नसकेर हामीले पनि बीचमा जनवादी शिक्षा प्रणाली त्यागेर समाजवादी शिक्षालाई प्रमुख एजेन्डा बनाएका छौँ । तर, रणनीतिक रूपमा भने छाडेका छैनौँ । समाजवादलाई अहिलेको संविधानले पनि अँगालेको हुनाले हामी पनि समाजवादी शिक्षातिर लाग्यौँ । यहि समाजवाद शिक्षामा हामीले २ थरिको शिक्षाप्रणालीलाई खारेज गर्दै एउटै बनाउने अभियानमा रहेका छाँै । आधारभूत तहमा निजीलाई पूर्णतया खारेज गर्ने समाजवादी शिक्षामा रहेको छ ।

प्रतिक्रिया