श्रीलंकाले मुक्त ग¥यो ८० भारतीय माझी

नयाँदिल्ली २१ भदौ । श्रीलंका सरकारले कम्तीमा ८० जना भारतीय माझीलाई मुक्त गरेको छ । मुक्त गरिएका ती माझीहरू दक्षिण श्रीलंकाली राज्य तामिल नाडु पु¥याइएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।  श्रीलंकाको जेलबाट मुक्त भएका आठजना माझी भने गए राती नै आआफ्नो घर फर्किएका चेन्नइस्थित एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

तामिल नाडु राज्यबाट आएका ती माझीहरूलाई नागाई जिल्ला प्रशासन र ती माझीहरूका आफन्तजनले काररैकाल निजी बन्दरगाहमा स्वागत गरेका बताइएको छ ।श्रीलंकाली नौ सेनाले ती सवै माझीहरूलाई अन्तर्राष्ट्रिय सामुद्रिक सीमा भारतीय तटीय गार्डसमक्ष जिम्मा लगाएको छ । ती माझीहरूलाई श्रीलंकाले भारतसँगको मित्रवत व्यवहारको कारण मुक्त गरेको बताएको छ ।

अब ती सबै माझीहरूलाई आआफ्नो घर पठाइने पनि आधिकारीहरूले जानकारी दिएका छन् ।  मुक्त भएका ती माझीहरूले स्थानीय सरकारलाई आफूहरू पक्राउ पर्दा कब्जामा लिइएको माछा मार्ने डुंगा पनि पाऊँ भनी आग्रह गरेको छ ।  श्रीलंकामा गैरकानुनी रूपमा बारम्बार भारतीय माझीहरू सामुद्रिक जलक्षेत्रमा प्रवेश गरेका कारण पक्राउ पर्ने गरेका छन् ।

प्रतिक्रिया