विषालु ग्यास आक्रमणमा ३५ जनाको मृत्यु

बेरुत । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मंगलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तिमा ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उनीहरु इडलिब प्रदेशको खान सेइखुनमा मारिएको जनाएको छ । ग्यास आक्रमणमा परी अन्य धेरैजनालाई स्वासप्रश्वासमा समस्या भएको जनाइएको छ ।
बेलायतस्थित अनुगमनकर्ताको समूहले घटनाको सम्पूर्ण विवरण भने पाउन नसकिएको बताएको छ । सो समूहले सूचना संकलनका लागि सिरियामा आफ्नो संयन्त्र परिचालन गरेको छ । आक्रमणबाट पीडितले बान्ता गर्ने र मुखमा फिँज आउने समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । इडलिब प्रदेश अलकायदाका पूर्वलडाकुहरु संलग्न रहेको फेतह अल साम फ्रन्टको नियन्त्रणमा रहेको छ । त्यसैले सो क्षेत्रमा ती लडाकुलाई लक्षित गरी निरन्तर हवाई आक्रमण हुने गरेका छन् ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मृतकमध्ये अधिकांश आम नागरिक रहेको जनाएको छ । मंगलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी मृत्यु भएका नौ जना बालबालिका समेत रहेका छन् । इडलिब प्रदेशको खान सेइखुनमा उनीहरुमाथि हवाई जहाजबाट विषालु ग्यास प्राहार भएको हो । ग्यास आक्रमणमा परी अन्य धेरैजनालाई स्वासप्रश्वासमा समस्या भएको जनाइएको छ । आक्रमणबाट पीडितले बान्ता गर्ने र मुखमा फिँज आउने समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
इडलिब प्रदेश अलकायदाका पूर्वलडाकुहरु संलग्न रहेको फेतह अल साम फ्रन्टको नियन्त्रणमा रहेको छ । त्यसैले सो क्षेत्रमा ती लडाकुलाई लक्षित गरी निरन्तर हवाई आक्रमण हुने गरेका छन् । यसैबीच, सिरियाको प्रतिपक्षी पार्टीले ग्यास आक्रमण गर्ने कार्य अमानविय र मानवअधिकार विपरित भएको भन्दै घटनाको छानविन गर्न माग गरेको छ । प्रतिपक्षी नेश्नल कोलिसनले सुरक्षा परिषद्को आपतकालिन बैठक तत्काल बोलाएर खुल्ला र निश्पक्ष छानविन गर्न लगाउन संयुक्त राष्ट्रसंघसँग माग गरेको हो ।

प्रतिक्रिया