सोल । दक्षिण कोरियाकी अपदस्त राष्ट्रपति पार्क गेउन हे बिहीबार फेरी अदालतमा देखिएका छन् । भ्रष्टाचार गरेको र शाक्तिको दुरुपयोग गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गर्न सक्ने संभावना भएपछि उन सुुनुवाईका लागि अदालतमा उपस्थित भएका छन् । सोलको जिल्ला अदालतमा उपस्थित हँुदा उन निकै भयभित, फिक्का र उत्साहहीन देखिएकी थिइन ।
उनको प्रतिक्रिया लिन अदालत परिसरमा उनको प्रतिपक्षमा बसेका सञ्चारकर्मीहरूले पटकपटक प्रतिक्रियाका लागि बोल्न आग्रह गर्दा पनि उनले अस्वीकार गरिन् । उनले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको भन्दै दक्षिण कोरियामा लामो समय उनका विरुद्धमा प्रदर्शनसहितको आन्दोलन भएको थियो । उनलाई केही हप्ता अगाडि मात्रै अदालतले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको ठहरसहित पदमुक्त गराएको थियो ।
यसरी महाअभियोग लागेर पदमुक्त हुने उनी दक्षिण कोरिएको पहिलो व्यक्ति भएकी छन् । संवैधानिक अदालतले पदमुक्त भएको फैसला गरेको दुई दिनमा उनले राष्ट्रपति कार्यालय खाली गरेकी थिइन् ।
प्रतिक्रिया