सामूहिक अपराध मौलाएकोमा राष्ट्रपतिलाई चिन्ता

brazil-president copyब्रासिलिया, २८ पुस । ब्राजिलियाली राष्ट्रपति मिसेल टिमरले बुधबार ब्राजिलको मन्त्रिपरिषद्को बैठकमा पछिल्लो समय ब्राजिलका विभिन्न जेल तथा अन्य ठाउँमा भएका सामूहिक आपराधिक गतिविधिले मुलुक र यहाँ बसोबास गर्ने नागरिकलाई चिन्तित तुल्याएको बताएका छन् । हालै जेलमा देखिएको सुरक्षा स्थितिले राज्यद्वारा नागरिकलाई गराइनुपर्नेे सुरक्षाको प्रत्याभूत गराउन नसकेको भन्दै यसमा प्रहरी प्रशासन सजग बन्नुपर्ने उनले बताए ।

ब्राजिलको उत्तरी क्षेत्रमा हालै भएका घटनामा कम्तिमा १ सय जनाको मृत्यु भएपछि राष्ट्रपतिले मन्त्रिपरिषदको बैठकमा उक्त मुद्दालाई उठाएका हुन् । उनले जेलको सुरक्षा स्थितिलाई थप मजबुत पार्न र जेलमा क्षमताभन्दा धेरै बन्दी नराख्ने ब्यवस्था गर्न गृह प्रशासनलाई समेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया