पार्क प्रकरणमा सामसुङका पदाधिकारीमाथि सोधपुछ

सोल, २९ पुस । दक्षिण कोरियाली न्यायाधिकारीहरूले संसदबाट महाभियोग लगाइएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हे विरुद्धको भ्रष्टाचार आरोपमा सामसुङ इलेक्ट्रोनिक्सका उच्च पदाधिकारी तथा उत्तराधिकारी लि जाओ योंमाथि बिहीबार सोधपुछ गरिएको छ । सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष लि र उनका छोरा सामसुङ ग्रुपका अध्यक्ष लि कुन हीको पनि भ्रष्टाचार मुद्दामा संलग्नता भएको आरोप थियो ।

उनीहरूलाई बिहीबार छानविनको दायरामा ल्याउन सोधपुछ सुरु गरिएको हो । लिमाथि संसदीय सुनुवाइका क्रममा झुटो बयान दिएर सामसुङको घुसकाण्डबाट जोगिन खोजेको आरोप पनि रहेको योह्याप न्यूज एजेन्सीले जनाएको छ । आफूमाथि चासो व्यक्त गरी कोरियाली जनताबीच कानुनी छानविनको दायरामा ल्याइएकोमा असन्तुष्टि व्यक्त गर्दै यस प्रकरणमा आफ्नो कुनै दोष नभएको, लीले सोधपुछका क्रममा न्यायाधिकारीलाई बताएका योनह्यापले जनाएको छ ।

उक्त अवसरमा लि र उनका वकील अगाडि दर्जनौ कोरियाली नागरिक लिको पक्राउका माग गर्दै नारावाजी समेत गरिएको थियो ।

प्रतिक्रिया