फार्कसमूह पूर्णतया हतियारबिहीन बन्ने

बोगोटा, २८ पुस । कोलम्बियामा करिब ६ दशकदेखि सशस्त्र गुरिल्ला युद्ध सञ्चालन गर्दै केही समय पहिले युद्धविराम गरी शान्ति प्रक्रियामा आएको ‘रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया’ (फार्क) समूह आगामी ६ महिनाभित्र आफ्ना सम्पूर्ण हतियार बुझाई निःशस्त्र बन्ने कोलम्बिया सरकारले बताएको छ ।

कोलम्बियाको रणनैतिक संक्रमण दस्ताका जनरल जाभियर फोरेजले मुलुकको सबैभन्दा ठूलो विद्रोही समूहले प्रक्रियामा आउन उसलाई दिइएको समयसीमा राम्रोसँग पालना भइरहेको मंगलबार सञ्चारकर्मीसँगको भेटमा बताए । फार्कका ९० प्रतिशत समूहहरू प्रभावित क्षेत्रको १० किलोमिटर सीमाक्षेत्रभित्र रहेको र १० प्रतिशत ‘ट्रान्जिसन जोन’ भित्र घुमिरहेको उनले बताए । कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोसले हालै फार्क समूहसँग शान्ति सम्झौता गरेपछि ५ दशकभन्दा लामो द्वन्द्वको अन्त्य भएको हो ।

मंगलबारै पूर्व विद्रोही फार्कका सेना प्रमुख टिमोलिया जिमेनेजले पनि आफ्नो समूहका लडाकू कुनै झडपविना एकीकृत बन्दै आएको बताए ।  फार्कका ९० प्रतिशत समूहहरू हरेक क्षेत्रको १० किलोमिटर सीमाक्षेत्रभित्र रहेको र १० प्रतिशत संक्रमणकालिन क्षेत्रभित्र घुमिरहेको उनले बताए ।

यसैगरी कोलम्बियास्थित संयुक्त राष्ट्रसंघ मिसनका एक निरीक्षक तथा ३ पर्यवेक्षकले नयाँवर्षको अवसरमा फार्क समूहका लडाकूसँग नाचिरहेको स्थानीय सञ्चारमाध्यमले समाचार तथा तस्बीरहरू प्रकाशन भएपछि उनीहरूलाई कारबाही गरेको छ । राष्ट्र संघको यो निर्णय कोलम्बियालाई शान्ति प्रक्रियामा प्रभावित क्षेत्रमा लडाकूको प्रमाणीकरणका सिलसिलामा तटस्थता अपनाउन दिइएको प्रतिक्रियाका रूपमा देखिएको छ ।

प्रतिक्रिया