सिलिगुडीमा कला प्रदर्शनी

indo copyसिलिगुडी । भारतको सिलिगुडीमा ‘इन्डो–नेपाल कला प्रदर्शनी’ सुरु भएको छ । नेपाली मुलका भारतीय व्यवसायी शक्ति शर्माले सुविधासम्पन्न कला दीर्घा सञ्चालनमा ल्याएसँगै कला प्रदर्शनी गरिएको हो ।

भारतीय कला समीक्षक मृणल घोष र नेपाली कलाकार, कला लेखक तथा पत्रकार केशवराज खनालले संयुक्त रुपमा सो ‘आर्टमार्ट ग्यालरी’को उद्घाटन गरे । व्यवसायी शर्माका साथ स्थानीय कलाकार र नेपालका (पूर्वी नेपालको झापाका) कलाकारहरुको संयुक्त पहलमा कला दीर्घा सञ्चालमा ल्याइएको हो । ग्यालरी उद्घाटनका क्रममा नेपाली र सिलिगुडीका स्थानीय २५ जना कलाकारका ५० भन्दा बढी कलाकृतिहरु प्रदर्शनीमा राखिएको छ । इन्डो–नेपाल कला प्रदर्शनीमा झापाका छेतेन शेर्पा, सागर मगर, विष्णु लिम्बुसहित भारतीय कलाकारहरु अमलेश मजुम्दार, अजयकुमार सरकार, दोना सरकार, कौशिक घोष, मृणलकान्ति रोय, शान्तन सरकार, शौभिक चक्रवर्ती, सुभाष चटोपाध्याय, सुशान्त पाललगायतका स्थापित र केहि नवोदीत कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी १ सातासम्म चल्नेछ ।

उद्घाटनका कार्यक्रममा ‘प्रादेशिक कला र यसको व्यवसायीकरण’ विषयमा गरिएको अन्तक्र्रियामा प्रमुख अतिथिद्वय घोष र खनालले आ–आफ्नो घारणा राखेका थिए । साथै सिलिगुडीका सुजित राहा, अशोक राई, अमिताभ कान्जिलाललगायतका व्यक्तित्वले पनि आ–आफ्ना धारणा राखेका थिए ।

कलादीर्घाको बारेमा जानकारी दिँदै ग्यालरी संस्थापक व्यवसायी तथा साहित्यकर्मी शक्ति शर्माले स्थानीयस्तरमा सिर्जिएका कलालाई स्थानीयस्तरमै प्रवद्र्धन गर्ने र सिलिगुडीलाई कला तथा साहित्यमा अगाडि ल्याउने सोचका साथ ग्यालरी सञ्चालनमा ल्याएको जानकारी दिए । कलालाई प्रवद्र्धन गर्न कलका विभिन्न गतिविधि गरिने बताउँदै शर्माले निकट भविष्यमै नेपाली कलाकारहरुको कला प्रदर्शनी गरिने जनाए ।

प्रतिक्रिया