यो वर्षभित्र कतिपय फिल्म नाम मात्रका

6 copyकाठमाडौं, १२ फागुन । यो वर्ष सकिन अब डेढ महिना मात्र बाँकी छ । यसैले पनि चलचित्र रिलिजको क्यालेन्डर हेर्दा केही नायिकाको यो वर्ष एउटा मात्र चलचित्र प्रदर्शनमा आउने पक्का जस्तै छ । चैत महिनामा चलचित्रको चाप बढी भए पनि फागुनमा अब ३ वटा मात्र चलचित्र रिलिजका लागि बाँकी छन् ।

यो वर्ष केही नायिकाको एउटा मात्र चलचित्र रिलिज भयो तर त्यो पनि चलेन । जसकारण यी नायिकालाई घाटा लागेको छ । नायिका नन्दिता केसीको यो वर्ष ‘कैफियत’ नामक चलचित्र चल्यो । तर, यो चलचित्र चले पनि दर्शक हलमा आएनन् र असफल भयो । नायिका विनिता बरालको पनि एउटा मात्र चलचित्र चल्यो । विनिता अभिनित चलचित्र ‘सुपरहिट’ बक्स अफिसमा असफल भयो । विनिताको असफल चलचित्रले उनको करिअर अब यो क्षेत्रमा सुखद छैन भन्ने देखियो ।

यो वर्ष नायिका ऋचा शर्मा अभिनित एउटा मात्र चलचित्र चल्यो । ‘को आफ्नो’ नामक चलचित्रले पनि बक्स अफिसमा सुख्खाको व्यापार ग¥यो । नायिका पूजना प्रधानको पनि ‘चकलेट’ नामक चलचित्र चल्यो । यो चलचित्र पनि बक्स अफिसमा पूर्णरूपमा असफल बन्यो । नायिका अशिष्मा नकर्मी अभिनित चलचित्र ‘अधकट्टी’ पनि यही वर्ष चल्यो । जसले पनि आशातित व्यापार गरेन । नायिका शिल्पा पोख्रेलको पनि यो वर्ष एउटा मात्र चलचित्र रिलिज भयो । चलचित्र ‘फागु’ बक्स अफिसमा सफल हुन सकेन । जबकी शिल्पा यसअगाडि एकै वर्षमा २ वटा हिट चलचित्र दिएकी थिइन् ।

नायिका सुष्मा कार्की अभिनित चलचित्र ‘चलेछ बतास सुस्तरी’ पनि बक्स अफिसमा असफल बन्यो । सुष्मा यो चलचित्रबाट छवि परिवर्तन गर्ने सोचमा थिइन् तर पूरा हुन सकेन ।

नायिका रिमा विश्वकर्माको पनि यो वर्ष एउटा मात्र चलचित्र ‘भाले फाइट’ रिलिज भयो । चलचित्रले कुनै कमाल मच्चाएन । भूकम्पका कारण यो वर्ष भदौदेखि मात्र नियमित चलचित्र रिलिज भएका थिए । यसमध्ये केही नायिकाको चलचित्र २÷३ वटा रिलिज भए पनि माथि उल्लिखित नायिकाका चलचित्र एउटा मात्र रिलिज भयो तर चल्न सकेन ।

प्रतिक्रिया