बाबुराम र हिसिला ‘फागु’ हेर्न हलमा

fagu_ganes__baburam__hisilaकाठमाडौं, १० फागुन । नायिका करिश्मा मानन्धरको निर्माणमा बनेको चलचित्र ‘फागु’ हेर्नका लागि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र हिसिला यमी दरबारमार्ग पुगेका छन् । दरबारमार्गको क्युज सिनेमामा आयोजना गरिएको चलचित्रको विशेष सोमा नयाँ शक्तिका संयोजकसमेत रहेका बाबुराम पत्नीसहित पुगेका थिए । हुनत, बाबुराम भट्टराई अधिकांश चलचित्र हेर्न समय मिलाएर हलमा पुग्ने गरेका छन् । १२ वर्षपछि नायिका मानन्धरले बनाएको यो चलचित्रमा शिल्पा पोख्रेल र सुवास पराजुली मुख्य भूमिकामा छन् ।

नयाँ शक्तिमा लागेसँगै करिश्माले बाबुराम भट्टराई र अन्य सदस्यहरूलाई चलचित्र देखाउने बताउँदै आएकी थिइन् । तर, करिश्माको यो चलचित्र बाबुरामले पूरा हेर्न भने पाएनन् । उनी चलचित्र सुरु भएको केही मिनेटमै हलबाट बाहिरिएका थिए । चलचित्र हेर्नका लागि नायिका झरना थापा, नीता ढुंगाना, नवनायक आमेष भण्डारी, निर्माता सुनीलकुमार थापा, कलाकार गौरी मल्ल पनि हलमा पुगेका थिए । शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले मिश्रित समीक्षा पाएको छ भने यसको व्यापार औषत छ ।

प्रतिक्रिया