“ए मेरो हजुर २” का लागि नयाँ नायकका खोजी

anamol copyकाठमाडौं । करिब एकवर्ष अघिबाटै छायांकनमा जाने भनिएको नायिका झरना थापाको बहुप्रतिष्ठित चलचित्र ‘ए मेरो हजुर २’ को लागि नायिका झरना थापाले नयाँ कलाकारको खोजी गरेका छन् । चलचित्रमा नायकको रूपमा चक्लेटी नायक अनमोल केसीलाई लिने भने पनि उनलाई पनि पर्खिरहेको तर उनी चलचित्रमा नहुने नायिका थापाले बताएकी छिन् । ‘विविध कारणले गर्दा हामीले काम सुरु गर्न सकेका छैनौँ । मुख्य कुरा त देशको अवस्थाले पनि छायांकनमा जान सकिएन ।’ झरनाले भनिन्, ‘हामीले अनमोललाई पनि पर्खिरहेका छौँ । तर, अनमोलले दिएको समयमा अब काम गर्न सकिने अवस्था छैन । अनमोलले आफूहरूलाई अझै केही महिना कुर्न आग्रह गरेपछि हामीले अनमोललाई पर्खन सकेनौँ ।’ नायिका झरना थापाले अब चलचित्रका लागि नयाँ कलाकार खोजिएको बताइन् ।

झरनाका अनुसार अनमोलले फागुनमा आफ्नै चलचित्रको प्रमोसन गर्नुपर्ने बताएका छन् । यसपछि, चलचित्र लिएर युरोप र अमेरिका जाने भएकाले पनि केही समय नभ्याउने अनमोलको कथन छ । झरनाले भनिन् । विविध कारणले रोकिएको नायिका झरना थापाको बहुप्रतिक्षित चलचित्रका मुम्बईमा गीत रेकडिङ गरेर यसका निर्माता सुनीलकुमार थापा र संगीतकार वसन्त सापकोटा नेपाल फर्किसकेका छन् ।

कलाकारहरू पनि निर्देशक बनिरहेको भीडमा झरना पनि थपिने तयारीमा छिन् । उनले लामो समयदेखि आफूले चलचित्रको कथामा होमवर्क गरेकाले पनि कथावस्तु राम्रो बनेको दाबी गरिन् । स्वर्गीय शिव रेग्मीले निर्देशन गरेको चर्चित चलचित्र ‘ए मेरो हजुर’को सिक्वेलमा रूपमा ‘ए मेरो हजुर २’ निर्माण हुन लागेको हो । (सौस)

प्रतिक्रिया