सन्नीविरुद्ध उजुरी

masti-jade-sunny- copyमुम्बई । दिल्लीको आदर्श नगर थानामा बलिउड नायिका सन्नी लियोनीविरुद्ध उजुरी परेको छ ।

सन्नीको साथै सेक्स कमेडी चलचित्र ‘मस्तीजादे’सँग जोडिएका अभिनेता वीर दासलगायत कलाकारविरुद्ध पनि धार्मिक भावना भड्काएको आरोप लागेको छ । चलचित्रले हिन्दू धर्म र उक्त धर्मसँग जोडिएका मान्छेको भावनामा चोट पु¥याएको छ । चलचित्रको एक दृष्यमा मन्दिरमा कन्डमको प्रमोसन गरिएको छ । ‘यो एकदमै भद्दा शैली भयो । यस्ता दृष्यले हिन्दूहरूको भावनामा चोट पुगेको छ ।’ उजुरीमा उल्लेख छ । प्रहरी अधिकारीले उजुरी परेको बताउँदै अनुसन्धान जारी रहेको बताएको छ । पोर्नस्टार हुँदै बलिउडमा प्रवेश गरेकी सन्नी लियोनीविरुद्ध बेलाबेलामा उजुरी पर्ने गरेको छ । यसअघि पनि भारतीय युवा पुस्तालाई बरालेको भन्दै उजुरी परेको थियो ।

आइटम गर्ल राखी सावन्त सबैभन्दा धेरै सन्नीको आलोचना गर्ने गर्छिन् । सार्वजनिक मञ्चमै राखीले सन्नीकै कारण भारतीय युवापुस्ता भ्रष्ट भएको दाबी गर्दै आएकी छिन् । (एजेन्सी)

प्रतिक्रिया