रोकिएको सुरक्षा सहयोगमा कुरा हुने

पोखरा, १४ वैशाख । नवौं नेपाल भारत सुरक्षा परामर्श समुहको बैठक बिहिवारदेखी पोखरामा सुरु भएको छ । परराष्ट्र सहसचिवस्तरीय सुरक्षा परामर्श बैठकमा नेपाल भारतका बीचमा हुदै आएको सहकार्य र सहयोगका बारेमा छलफल हुनेछ ।

सुरक्षा परामर्श बैठकको नेपालका तर्फबाट संयुक्त राष्ट्र संघ डेक्स प्रमुख पराराष्ट्र मन्त्रालयका सहसचिव दीपक धिताल र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदुतावासका नेपाल डेक्स प्रमुख अखिलेश मिश्रले नेतृत्व गरेका छन् ।

परामर्श बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका पदाधिकारी, सुरक्षा निकायका अधिकृतहरु सहभागी छन् ।

छलफलमा नेपालका तर्फबाट १८ जना छन भने भारतका तर्फबाट ९ जनाले सहभागिता जनाएका छन् ।

दुई दिन सम्म चल्ने बैठकमा बिशेष गरी नेपाली सेनाका लागि सहयोगका बारेमा छलफल हुने जानकारी दिइएको छ । भारतले नेपालमा राजतन्त्र अन्त्य भएपछि नेपाली सेनाका लागि गर्दै आएको सहयोग रोक्दै आएको छ ।

बैठकमा नेपाली सेनाले सहयोग माग्ने बारेमा बिशेष छलफलको एजेन्डा राख्ने बुझिएको छ ।

प्रतिक्रिया