काठमाडौं । गायक पशुपति शर्मा समाजमा घटिरहेका घटनालाई टपक्क टिपेर गीत बनाउन मात्र होइन गीतको भावअनुसारको अभिनय गरेर दर्शक हँसाउन पनि माहिर छन् ।
उनै गायक शर्माले विनाशकारी भूकम्पदेखि नाकाबन्दीले समाजमा पारेका असरका विषयलाई टिपेर बनाएको नयाँ गीत सार्वजनिक गरेका छन् । पशुपति आपैmँले लेखेको शब्द, लय र स्वरमा तयार भएको गीतमा आपैmँले अभिनय गरेका छन् । उनी मात्र होइनन् सोही गीतकी गायिका जानकी तारमी मगरले पनि भिडियोमा अभिनय गरेकी छिन् । करिब ९ मिनेटको गीतको भिडियोमा उनीहरूको अभिनय स्वाभाविक लाग्छ । भिडियोको निर्देशन दुर्गा पौडेलले गरेका हुन् । (सौस)
प्रतिक्रिया