तीन फिल्मजुध्ने भएपछि सविनलाई सकस

sabinकाठमाडौं, २० पुस । नायक सविन श्रेष्ठले यतिबेला निकै नै सकसपूर्ण समय बिताइरहेका छन् । कारण हो आउँदो चैतमा उनी अभिनीत ३ फिल्म रिलिजमा आउनु ।

‘एउटा फिल्म भए पो प्रचारप्रसारमा समय दिनु । एक साथ दुई ओटा फिल्म जुधाएपछि मैले के गर्ने ।’ अभिनेता सविन श्रेष्ठले आफ्ना दुई फिल्म ‘भाग सानी भाग’ र ‘लक्ष्य’ जुधाउन लागेकोमा यसरी असन्तुष्टी पोखे । उनको फिल्म ‘भाग सानी भाग’ ५ चैतमा तथा सोही दिन नै ‘लक्ष्य’ पनि हलमा लाग्दै छ ।

फिल्म ‘भाग सानी भाग’मा निकै राम्रो काम गरेको भन्दै उनी प्रचारप्रसारमा पनि उत्रिएका थिए । तर, ५ चैतबाटै उनको अर्को फिल्म ‘लक्ष्य’ प्रदर्शनी गर्ने निर्णयमा सम्बन्धित फिल्मका निर्माता पुगेपछि यतिबेला सविनलाई यी दुबै फिल्म टाउको दुखाइको विषय बनेको छ । ‘भाग सानी भाग’ ५ चैतमा आउने पहिले नै तय भएकाले यो तिथिमा लक्ष्य ल्याउनु नहुने भनेर उनले लक्ष्यका निर्माता ओमलाल गुरुङलाई सम्झाएका रहेछन् । तर, गुरुङले उनको कुरा नसुनी ५ चैतबाटै लक्ष्य रिलिज गर्ने घोषणासहित प्रचारप्रसार थालेपछि सविन दिक्क भएका हुन् ।

फिल्म ‘लक्ष्य’को फस्ट लुक्स समारोहमा पुगेको सविनले सो कार्यक्रममा पनि दुबै फिल्मसँगै नजुधाउन आग्रह गर्न भ्याएका थिए । तर, उनको आग्रह निर्माता गुरुङले सुने पनि नसुने जस्तो गरे । सविनले पत्रकारसँग भने, ‘एउटा डेटमा आफ्नो एक मात्र फिल्म आए पो सो फिल्मको प्रचार प्रसारमा पूर्णसमय दिन सकिन्छ । एउटै डेटमा आफ्ना २ फिल्म प्रदर्शनी हुने भएपछि अब प्रचारप्रसारमा कसलाई समय दिने त ?’ निर्माताहरूको आपसी प्रतिस्पर्धाले आपूmलाई पूर्ण असर पर्ने सविनले बताए । फिल्म ‘लक्ष्य’मा सविन संघर्षशील बक्सिङ खेलाडी र ‘भाग सानी भाग’मा प्रेमीको भूमिकामा देखिएका छन् ।

प्रतिक्रिया