अस्ट्रेलियाको अग्रता फराकिलो

during day three of the Second Test match between Australia and the West Indies at Melbourne Cricket Ground on December 28, 2015 in Melbourne, Australia.

मेलबर्न । पाहुना टोली वेस्ट–इन्डिजलाई पहिलो इनिङ्समा मध्यम स्कोरमा रोक्दै दोस्रो टेस्टमा घरेलु टोली अस्ट्रेलियाले तेस्रो दिन फराकिलो अग्रता लिएको छ । मेलबर्नमा जारी टेस्टको तेस्रो दिन सोमबार अस्ट्रेलियाले ४५९ रनको अग्रता लिएको छ । पहिलो इनिङ्समा वेस्ट इन्डिजलाई २७१ रनमा अलआउट गर्दै अस्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्स थालेको छ । दोस्रो इनिङ्स थालेको अस्ट्रेलियाले तेस्रो दिनको समाप्तिसम्म ३ विकेट गुमाएर थप १७९ रन जोडेको छ । दोस्रो इनिङ्समा ओपनर ब्याट्सम्यानहरू छिट्टै पेभेलियन फर्किए पनि मध्यक्रममा ब्याट्सम्यानले अस्ट्रेलियाको पारी सम्हालिरहेको छ ।

कप्तान स्टिभ स्मिथ ७० तथा मिथेल मार्स १८ रनमा खेलिरहेका छन् । उसका ओपनर जोइ बर्नसले ४ रनमा आउट भए । त्यस्तै डेभिड वार्नर १७ रनमा आउट भए । पहिलो पारीमा शतकीय पारी खेलेका उसमान ख्वजाले ५६ रन बनाएर आउट भए । भ्रमणकारी वेस्ट इन्डिजले अस्ट्रेलियाविरुद्ध ३ टेस्ट खेल्नेछ । यसअघिको पहिलो टेस्ट अस्ट्रेलियाले जितेको थियो । पहिलो पारीमा ४ ब्याट्सम्यानले शतक बनाएपछि अस्ट्रेलियाले ५५१ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । अस्ट्रेलियाले ३ विकेटको क्षतिमा ३४५ रनबाट दोस्रो दिनको खेल थाल्दै थप २०६ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । अस्ट्रेलियाका उसमान ख्वजा र जोइ बर्नसले पहिलो दिन शतक बनाएका थिए । दोस्रो दिन कप्तान स्टिभ स्मिथ र एडम भोग्सले नटआउट शतक हाने ।

कप्तान स्टिभ स्मिथले १३४ तथा भोग्स १०६ रनमा अविजित रहे । अस्ट्रेलियाबाट डेविड वार्नर २३ रन बनाई आउट भए । मेलबर्न क्रिकेट मैदानमा पहिलो आइतबार पहिलो इनिङ्स थालेको वेस्ट इन्डिजले खराब प्रदर्शन गरेको थियो । अस्ट्रेलियाका बलरहरू चम्किएपछि वेस्ट इन्डिजले आइतबारको खेल समाप्तिमा ६ विकेट गुमाएर मात्र ९१ रन बनाएको थियो । तर, सोमबार डारेन ब्राभोले ८१ तथा कार्लोस ब्रेथवैटले ५९ रन बनाउँदै टिमको पारी उकासेका थिए ।

अस्ट्रेलियाका बलरहरू नाथन लायन, जेम्स पट्टिनसन र पिटर सिद्दले किफायती बलिङ गरेपछि आइतबार वेस्ट इन्डिजका ब्याट्सम्यानहरूले उलेख्य रन जोड्न सकेनन । वेस्ट इन्डिजका कप्तान जेसन होल्डरसहित ३ ब्याट्सम्यान शून्यमा पेभेलियन फर्किए ।

प्रतिक्रिया