म्यान्मामा निर्वाचन सम्पन्न

sukiयानगुन । दसकांको सैन्य शाषन पछि २५ वर्षको अन्तरालमा म्यान्मामा पहिलो पटक आम निर्वाचन सम्पन्न भएको छ । मतदानमा पछि म्यान्माका आम व्यक्तिको मुहारमा खुसी छाएको प्रष्ट देखिन्थ्यो । निर्वाचनमा आङ साङ सुकीले नेतृत्व गरेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले विजय हात पार्ने सम्भावना  अनुमान गरिएको छ । सैन्य प्रभाव रहेको युनियन सोलीडारिटी डेभ्लप्मेन्ट पार्टी( युएसडिपी)  सन् २०११ देखि सत्तामा छ । म्यान्मामा सुकीले मतदान गर्न पुग्दा ठूलो भिड त्यहा उपस्थित भएको थियो । कमालमा उनको परिचित शैली अनुसार फूलको गुच्छा सिउरिएको सुकीले मुस्कुराएर सबैलाई हात हल्लाए पनि कुनै प्रतिक्रिया दिइनन् ।

यानगुनमा मतदान गरेका हुवा डाटोङ भन्छन्, ‘ म ५७ बर्षको भए । मैले पहिलो पटक मतदान गरेको हु । म यो निर्वाचन निश्पक्ष भए पछि मतदान गर्न आएको हँु । ’निर्वाचनमा ८० प्रतिशत मत खसेको अनुमान छ । ३ करोड मतदाता रहेको म्यान्माको मत परिणाम सोमबार बिहानबाट सुरु हुने छ । ६६४ ब्यबस्थापीका संसदका लागि ९० दलमा ६ हजार भन्दा बढी उम्मेदवार छन् । सैन्य प्रतिनिधिका लागि २५ प्रतिशत छुट्टयाएको छ । यसको लागि मतदान हुने छैन । युएसडिपीका अधीकारीले त्यस २५ प्रतिशतका लागि प्रतिनिधीत्व गर्ने जनाइएको छ । विदेशसंग सम्बन्धीत भएका उम्मेदवार हुन नपाउने संबैधानीक ब्यबस्था भए अनुसार नोबल शान्ती पुरस्कार विजेता सुकी उम्मेदवार रहेकी छैनन् । उनका बच्चा बेलायती नागरिक हुन् । एनएलडीले बहुमत पु¥याउन निर्वाचन भएका मध्य ६७ प्रतिशत सिट जित्न आबश्यक छ । सुकीले आफ्नो दलले जित हात पारे राष्ट्रपति भएभन्दा महत्वपूर्ण हुने प्रतिक्रिया दिएकी छिन् । अल्पसंख्या रोहीगाइ मुश्लीम समुदायका ब्यक्तिले भने निर्वाचनको निश्पक्षतामा बिश्वस्त हुन नसकेको जनाउदै मतदानमा सहभागिता जनाएनन् ।

मतदानका लागि ४० हजार प्रहरी तैनाथ गरिएका थिए । म्यान्मा पछिल्लो केही बर्ष यता राजनीतिक आर्थिक पुर्ननिमार्णको बाटोमा लागीरहेको थियो । मतदानको क्रममा हुन सक्ने गढवढीको बारे सुकीले पहिले देखि नै चासो ब्यक्त गर्दै आएकी छिन् । सन् १९९० मा भएको निर्वाचनमा एनएलडीले बहुमत पाउ पनि यसलाई स्वीकार गरिएन । ( एजेन्सी)

प्रतिक्रिया