औषधि अभाव छैन : उद्योगी

ausadi copyकाठमाडौं, २२ कात्तिक । औषधिको अभावमा तत्कालै कुनै पनि नेपालीले मर्नुपर्ने अवस्था नरहेको औषधि उद्योगीले बताएका छन् । सरकारले औषधि उद्योगलाई आवश्यक पर्ने इन्धन र आन्तरिक पारवहनमा सहजीकरण गरिदिएमा औषधि अभाव हुननदिने दाबी औषधि उद्योग सञ्चालकको छ ।

‘औषधि उद्योगलाई प्राथमिकताका आधारमा इन्धन उपलब्ध गराउनुपर्दछ’–नेपाल फर्मास्युटिकल्स प्रालिका सञ्चालक अरविन्द अमात्यले भने, ‘अहिले उद्योगी–व्यापारी दोहोरो मारमा परिरहेको हु“दा सरकारले तत्काल बाटोमा उठेका समस्याको समाधान खोजी मुलुकको आर्थिक विकासमा केन्द्रित हुनुपर्दछ ।’

चिकित्सकका अनुसार, नेपालमा कुल औषधि खपतको ४५ प्रतिशत स्वदेशी औषधि उद्योगले ओगटेका छन् भने जीवनरक्षाका लागि अत्यावश्यकीय पर्ने औषधिमा ७० प्रतिशत हिस्सा स्वदेशी उद्योगको रहेका छन् ।

सीमाकंनप्रति असन्तुष्टि जनाउ“दै झन्डै तीन महिनादेखि मधेसवादी दलको जारी बन्दले गन्तव्यसम्म जान नपाएपछि मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज नजिकै भारतीय सीमामा सयाँैँको संख्यामा औषधि र औषधिजन्य कच्चापदार्थ बोकेका मालवाहक गाडी थन्किएका छन् ।

भारतबाट औषधि र औषधिजन्य कच्चापदार्थ लिएर वीरगञ्ज नाकामा आइपुगेका मालवाहक गाडी मधेस केन्द्रित दलहरूले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाकाबन्दीका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय सीमामा नै थन्किएका हुन् ।

बन्दका कारण गन्तव्यसम्म जान नपाएपछि झन्डै तीन सयको हाराहारीमा औषधि र औषधिजन्य कच्चापदार्थ बोकेका गाडी नजिककै भारतीय सीमामा थन्किएका छन् । ‘नेपालका लागि आयात गरिएका तीन सयभन्दा बढी औषधि र औषधिजन्य कच्चापदार्थ बोकेका ट्रक सीमावर्ती भारतीय सहर रक्सौलमा थन्किएका छन्’, नेपाल औषधि व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश खण्डेवालले भने ‘लामो समयसम्म थन्किएका त्यस्ता ट्रकको रुट परिवर्तन गरेर भैरहवा लैजान खोज्दासमेत भारतीय पक्षले सहयोग गरेका छैन् ।’ ‘आलु प्याज र खाद्यान्नलगायत मालवाहक ट्रकलाई नेपाल भित्र्याउनका लागि रुट परिवर्तनको अनुमति दिए पनि मानवीय जीवनका लागि अत्यावश्यक औषधि बोकेको ट्रकको रुट परिवर्तन गर्ने अनुमति भारतीय पक्षले दिएको छैन्’ उपाध्यक्ष खण्डेवालले भने, ‘विगत तीन महिनादेखि रक्सौलमै थन्किएका औषधि बिग्रने सम्भावना रहेकाले आयात गरिएका केही ट्रकको औषधि रक्सौलमै गोदाम भाडामा लिएर राख्नुपर्ने बाध्यता रहेको छ ।’

भारत र तेस्रो मुलुकबाट आयातित अधिकांश औषधि वीरगञ्ज भन्सार नाका हु“दै नेपाल भित्रिने गर्दछ । औषधिजन्य कच्चापदार्थ सीमावर्ती भारतीय नाकामा रोकिंँदा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका अधिकांश औषधि उद्योगको उत्पादन ठप्प भएको छ ।

औषधि उत्पादन ठप्प हु“दा उद्योग, व्यवसायीका साथै आमउपभोक्ता पनि मारमा परेका छन् । सरकारले औषधि उद्योगलाई आवश्यक पर्ने इन्धन र आन्तरिक पारवहनमा सहजीकरण गरिदिएमा औषधि अभाव हुननदिने दाबी औषधि उद्योग सञ्चालकको छ ।

भारतबाट आयात भएका गाडी सीमापारि थन्कि“दा र तोकिएको समयमा फर्किन नपाउ“दा आयातकर्ताले बिलम्व शुल्कबापत अर्बौँ घाटा व्यहोर्नु परिरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले बताए । समयमा फर्किन नपाएपछि सीमापारी रोकिएका मालवाहक ट्रक खाली गराउन दबाबसमेत आउन थालेको उनको भनाइ छ ।

प्रतिक्रिया