विस्व समाचार संक्षेप

सियरा लीयोन इबोलामुक्त
सियरालियोन । बिश्व स्वास्थ्य संगठनका सुरक्षाकर्मीले सियरालीयानेले इबोला मुक्त देश घोषणा गरेका छन् ।  ४२ दिनसम्म कोही पनि इबोला भएको ब्यक्ति नभए पछि मध्यरातमै सियरालीयोनका हजारौं ब्यक्ति सडकमा उत्रीएर खुसीयाली मनाएका छन् । मध्यरातका विश्व स्वास्थ्य संगठनका अधिकारीले इबोला मुक्त घोषणा गरेको थियो । पछिल्लो १५ महिनामा सियरालीयोनमा इबोलाको कारण चार हजार ब्यक्तिको ज्यान गएको थियो ।

चिलीमा शक्तिशाली भूकम्प  
सान्टियागो ।  चिलीमा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ६.८ रेक्टर स्केल मानप गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।   चिलीको भूशास्त्र अध्ययन संस्थाका अनुसार भूकम्पछि सुनामी चेतावनी भने दिएको छैन । प्रशान्तमहासागरिय सुनामी चेतावनी केन्द्र सुनामीको चेतावनी जारी नगरेको बताइएको छ ।
भूकम्पको केन्द्रविन्दु सान्टियागो सहरबाट ३ सय किलोमिटर उत्तरमा पर्ने इलाकामा  ३६ किलोमिटर गहिराइमा रहेका पनि सो संस्थाले बताएको छ । गत सेप्टेम्बरमा पनि  सोही क्षेत्रमा ८.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पमा परी १५ व्यक्तिको मृत्यु हुनुको साथै १६ हजार भन्दा बढी घरवारविहिन भएका थिए ।

अमेरिकी राष्ट्रपतिको लाओस भ्रमणको योजना
लाओस ।  अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा लागोस भ्रमणको योजना गर्नु भएको समाचार छ संयुक्त राज्य अमेरिकाको राष्ट्रपति हुनु भएयता उहाँको लागोस औपचारिक भ्रमण यो पहिलो हुने छ ।  भियनटिएमा रहेको अमेरिकी राजदूतावासले सिन्ह्वा समाचार समितिलाई ओबामाको भ्रमणको पुष्टि गरेको बताइएको छ ।

हेलिकोप्टर दुर्घटनामा नौ घाइते
मनिला । दक्षिणी फिलिपिन्सको सराङ्गानी प्रान्तमा शनिबार भएको एक हेलिकोप्टर दुर्घटनामा नौ व्यक्ति घाइते भएका छन् ।   हवाईबलको सो हेलिकोप्टर दुर्घटना भएको सैनिक स्रोतले शनिबार नै  जानकारी दिएको थियो  । सो दुर्घटना स्थानीय समयानुसार शनिबार बिहान ९४० मा भएको पनि सो स्रोतले जनाएको छ । सो दुर्घटनामा विमान चालक र सेनाहरू सामान्य रूपमा घाइते भएका छन् । (एजेन्सी)

प्रतिक्रिया