‘विमान दुर्घटनाको कारण प्राविधिक होइन’

sinai russ accidentमस्को । अनुसन्धानमा संलग्न फ्रान्सेलीहरूले गत साता इजिप्टमा भएको रुसी विमान दुर्घटना प्राविधिक कारणले नभएको जनाएको छ । २२४ जनाले यात्रा गरिएको विमान अपर्झट दुर्घटना भएको जनाइएको छ । बेलायती अधिकारीले पनि उडान अगाडि बम जडान गरिएको दावी गरेका छन् । इस्लामिक स्टेट ग्रुप संलग्न  सैन्य समूहले विमान दुर्घटनाको जिम्मेवारी लिएको छ । पछिल्लो साताको शनीबार सार्म अल सेखबाट सेन्टपिटरबर्ग तर्फ गएको विमान सिनाइमा विस्फोट भएको थियो । विमानमा यात्रा गर्ने धेरै रुसी थिए । सो समूहले विमान कसरी र्दुघटना गराइएको भन्ने जनाएको छैन ।

सिरियामा हवाइ कार्बाही भए पछि समूहले अमेरिका र रुष दुवैको विरोध गर्दैै सशस्त्र युद्ध गर्दै आइरहेको छ । फ्रान्सेली अनुसन्धाकर्ताले फ्लाइट डाटा रेकर्डरका अनुसार उडानको समयमा विमानका सम्पूर्ण कुरा सामान्य भएको जनाएको छ । फ्रानसेली कम्पनीले सो बिमान बनाएको कारण फ्रान्सेली अनुसन्धानकर्ताहरू पनि यो प्रक्रियामा सामेल भएका हुन् । उनले इजिप्टमा विदा बनाइरहेका ५० हजार रुसी नागरिकलाई तत्काल आफ्नो देशमा फर्कन आह्वान गरेका छन् ।

रुसी राष्ट्रपतिको यो घोषणाले इजिप्टको पर्यटन व्यबसायमा ठूलो धक्का पुगेको  छ । पर्यटन व्यबसाय इजिप्टको मूख्य आम्दानी स्रोत मानिन्छ । इजिप्टमा वर्षेनी ३० प्रतिशत पर्यटक रुसी हुने गरेका छन् । सन् २०११ देखि नकरात्मक प्रभाव परेको त्यहाँको पर्यटन व्यबसाय केही महिना यताको राजनीतिक स्थिरतको कारण सुधारोन्मुख रहेको थियो । बेलायतले सार्म अल सेखमा बिमान नपठाउने भएको छ । जसका कारण त्यहाँ रहेका १९ हजार बेलायती नागरिक पनि अप्ठेरोमा परेका छन् । अमेरिकाले मध्यपूर्वका केही एयरपोर्टमा विमान पठाउने बारे पुनर विचार गर्नु पर्ने जनाइसकेको छ । इजिप्टको अर्थतन्त्रको १२ प्रतिशत हिस्सा पर्यटन व्यबसायले आगटेको छ । इजिप्टका प्रत्येक पाँच पर्यटक मध्ये एक जना रुसी हुने गर्छन् । (एजेन्सी)

प्रतिक्रिया