असाद परिवारको उदय कथा

siriaसीरीयको विवादले संसारको शक्तिलाई तानेको छ । कसैले राष्ट्रपती बसार अल असादको  बिरोध गरेका छन् । कसैले समर्थन गरेका छन् । चार दशक देखि सिरियाका असाद परिवोको शाषन रहेको छ ।

आधुनीक सिरियाका आर्कीटेकको  रुपमा हफीज अल असादलाई चीनीन्छ । सैन्य निकायमा दशक काम गर्दाको बनाएको संयन्त्रलाई प्रयोग गर्दै उनी सन् १९७० मा सीरीयाको हवाइ सेना र मन्त्रालयको शक्ति आफूले सम्हालन सफल भए । अरुलाई फुटाउने र राज गर्ने नितीमा उनी सफल हुदै गए ।

हफीजका जेठा छोराले पछि देशको शक्ति आफ्नो हातमा लिए । सन् १९९४ मा कार दुर्घटनामा बासेलको मृत्यु भयो । त्यस पछि शक्तिमा आएका बसार सन् २००० मा राष्ट्रिपती भए । धेरैले बसारबाट परिवर्तनको अपेक्षा गरेका थिए । बसारले पनिउनको बाबुकै पथ लिए । सुरुमा परिवर्ततनका पक्षपाती केही नेतालाई उनले आफ्नो पक्षमा लिए । तीनलाई उपयोग गर्दै महत्वपूर्ण निकायमा पकड जमाए । फेरी उनीहरुलाई पन्छाउदै आफ्नो ‘ कोर ग्रुप’को सल्लाहमा मात्र चल्न थाले । सन् १९७० मा हफीजले महतवपूर्ण मन्त्रालयका मन्त्रीलाई पनि अन्तिम समयमा धोका दिदै आश्चर्यजनक निर्णय गर्ने गरेका थिए ।

ती महत्वपूर्ण निकाय कमजोर थिए । तथापी राज्य र अन्य सरोकारवालको विचमा पुलको काम गर्दै जान्थे। यसले हफीजको महत्वपूणृ निकायसंगको सम्बन्ध राम्रो रहदै गयो । बसार अली फरक देखिए । उनले सबै क्षेत्रमा आफ्नो संयन्त्र लादे र अन्य सबैलाई अबमुल्यन गर्दै गए । सम्बैधानीक निकायसंग राम्रो सम्बन्ध भएका ग्रामीण भेगका केही नेतासंगै हफीजको उदय भएको थियो । बसारको समुहमा कम क्षमताका ब्यक्ति छन् । प्रबृद्ध बर्गको कमी छ । आफ्नै सयंन्त्र भन्दा बाहेक अन्य कुरामा उनीहरु कम योग्यता राख्नछन् ।

सन् २०११ सम्म बसारको शक्तिबाट बहिगर्मन चर्चाको विषय बन्थ्यो । उनले परिवारमा शक्ति विभाजन गर्ने बहस पनि चलेको थियो । बहिनी बुस्रा,ज्वाइ असेअ साहवत र भाइ महारमा शक्ति बाडीने अनुमान थियो । धेरैले उनीबाट सुधारको अपेक्षा गरेका थिए । बसारले पछिल्लो समय सुधार गर्दै लगे । पश्चिमी सञ्चारमाध्यमलाई प्रबेश गराए । शैक्षीक निकायमा ध्यान दिए । थुपै्रै निती निमार्ताको उनले सहयोग लिए । चार बर्ष पछि समय फेरिएको छ । फेरी उनको पक्ष र विपक्षमा संसार विभाजीत छ ।  (एजेन्सी)

प्रतिक्रिया