दिल्ली । गत बर्ष यात्रा गरिरहेकी महिलालाई बलत्कार गरेको पुष्टि भएपछि भारतीय अदालतले बलात्कारी ट्याक्सी चालकलाई आजीवन काराबासको सजाय सुनाएको छ । चालक शिवकुमार यादवलाई अपहरण सहितको आरोपमा यो सजाए सुनाइएको हो । गत बर्षको डिसेम्बरमा ट्याक्सीबाट घर जान लागेकी २६ बर्षिय महिलालाई अन्यत्र लगी बलात्कार गरिएको थियो । त्यस पछि उबेर र अन्य वेवमा आधारित ट्याक्सीमाथि लामो समयसम्म दिल्लीमा प्रतिबन्ध लगाइएको थियो ।
सन् २०१२ मा दिल्लीमै २३ बर्षीय महिलालाई बसमा सामुहिक बलत्कार र हत्या भएपछि भारतमा यौन अपराधको मुद्धा चर्को रुपमा उठेको थियो । त्यस पछि बलत्कार सम्बन्धी छुट्टै कानुन आउनु पर्ने र कडा सजाय हुनु पर्ने आवाज उठिरहेको थियो । गत महिना मात्र एकै दिन दुई बालिकामाथि बलत्कार भएको थियो । त्यसको एक साता अघि एक किशोरीलाई बलत्कार पछि धारिलो हतियार प्रहार गरी अचेत अवस्थामा रेलवे ट्रायकमा फर्किएको थियो । (एजेन्सी)
प्रतिक्रिया