काठमाडौं, १७ कात्तिक । देशको संकट छिटै नहट्ने हो भने केन्द्रमा नै औषधीको अभाव हुने औषधि आपूर्ति माहाशाखाले जनाएको छ । नेपालमा लामो समयसम्म भएको तराई बन्दका कारण अहिले विभिन्न जिल्लामा औषधिको अभाव हुँदै गइरहेको महाशाखाले जनाएको हो । स्वास्थ्य विभाग अन्तर्गतको औषधी आपूर्ति महाशाखाका प्रमुख डाक्टर भिमसेन टिंकरीले भने ‘तराई बन्दकाबीचमा पनि केही क्षेत्रिय मेडीकल स्टोरहरूमा औषधी पु¥याएका छौँ । पेट्रोल अभावका कारण सम्वन्धित जिल्लामा अैषधि पु¥याउन सकिएको छैन ।’
नेपालमा अहिले रहेको औषधीले सामान्य अवस्था रहँदा दुई महिनासम्म पुग्छ । तर, केही समय जाजारकोटमा फैलीएको माहामारी र १२ बैशाखमा आएको महाभूकम्प जस्तो समस्या हुने हो भने औषधिको अभावले नै ज्यान जान सक्ने अवस्था आउने टिङकरीले बताए ।
औषधी ढुवानीकालागि सवै जनस्वास्थ्य कार्यालय ,मेडिकल स्टोरहरूले सवारी साधन ठेक्कामा लिएका हुन्छन् । तर, अहिले पेट्रोलको अभाव हुँदा ठेक्कामा लिएको सवारी साधननमा इन्धन नभएको भन्दै औषधी ढुवानी गर्न नसकेको महाशाखाले जनाएको छ । यस्तै तराईको जिल्लाहरूमा सुरक्षाको कारण देखाउँदै सवारी साधनले औषधी लान नसकेको उनी बताउँछन् ।
अत्यावश्यक भ्याक्सिनहरू भने धेरैजसो जिल्लामा मोटरसाईकल मार्फत पु¥याएको जानकारी दिंदैै टिङकरीले पूर्वाञ्चलका जिल्लाहरूमा भने मोटरसाइकलबाट पनि औषधी पठाउन नसकेको बताए । बन्दको खासै प्रभाव नपरेका सुदुरपश्चिम र मध्यपश्चिमका क्षेत्रिय स्टोर र जिल्लामा औषधी नियमीत रूपमा पठाई रहेको जनाइएको छ ।
अहिले पूर्वका जिल्लाहरूमा औषधीको अभाव भइरहेको छ । यस्तो अवस्थामा न केन्द्रबाट जिल्लामा पठाउन सकेका छौँ न त नियमित भारतबाट नै ल्याउन सकेकाछौँ । देशको समस्या यस्तै रहिरहने हो भने अब हामीसँग भएको औषधीले साढे दुई महिना धान्ने छ, त्यस पछि फेरी औषधीको अभाव हुने उनले बताए ।
तराई–मधेस साढे दुई महिना देखिको बन्द अनि भारतले पेट्रोलिय पदार्थ नपठाउँदा जिल्लामा औषधि पठाउनको लागि समस्या भएको उनको भनाई छ । ‘नेपालमा कुनै न कुनै औषधीको अभाव निरन्तर भइरहेकै छ । झन् देशमा यति ठुलो समस्या हुँदा त अभाव नहुने कुरै भएन । टिङकरी भन्छन्, ‘औषधी अभावको कुरा आउँदा सम्वन्धित निकायहरू ईन्धन छैन कसरी औषधी पठाउने भनि जवाफ दिन्छन् ।’
समस्या समाधान गर्ने तर्फ सरकारले खासै चासो दिएको पाइदैन । ‘ बल्ल आजभोली नेपाल आयल निगमसँग पेट्रोलकालागि पत्र पठाउने काम गर्न लागेका छौँ’ उनले भने ‘अब त्यो पनि कत्तिको सम्भव छ हेरौँ ।’ बाहीरबाट आउने औषधी त बन्दका कारण नेपाल ल्याउन सकिएको छैन तर नेपालमानै उत्पादन हुने औषधी पनि निरन्तर उत्पादन हुन सकेको छैन । यो समयमा नेपाली उत्पादनलाई प्राथमिकता नदिने हो भने झन समस्या हुने जनाइएको छ ।
प्रतिक्रिया