ग्रीनेडबाट क्यान्सर उपचारको सम्भावना

लन्डन । ट्युमरलाई ध्वस्त पार्दै क्यानसर निको पार्नका लागि ग्रीनेडको प्रयोग हुने ठहर वैज्ञानीकहरुले गरेका छन् । ग्रीनेडको लीम्पोसोम्सबाट निस्कने एक खाले फोका शरिरमा फैलने र ट्युमर नास हुने प्रविधि अपनाइने छ । ग्रीनेडको साइड इफेक्ट नहुने र औषधीको काम मात्र गर्ने गरी प्रयोग गर्नकालागि अध्ययन भइरहेको छ । विज्ञहरुले जनावरमा गरिएको यो परिक्षण सफल भएको जनाएका छन् । प्रविधिको नाम ‘होली ग्रेड अफ नानो मेडिसिन’ राखिएको छ ।

ट्युमर सम्म औषधीका अंश कसरी धेरै पु¥याउने भन्ने बारेमा पनि वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् । उपचार पछि शरीरबा ग्रिनेड कसरी झिक्ने भन्ने बारेमा अध्ययन भइरहेको छ । म्यानचेस्टरमा रहेको नानो मेडिसिन ल्याबमा शरिरको तापक्रममै लीमो सोम्स राखिएको छ । तापक्रम ४२ डिग्री भन्दा बढी भएमा यो औषधीमा समस्या आउने गरेको छ । ‘ यसलाई ३७ डिग्री सेल्सीयसमै राख्नु ठूलो चुनौती हो । ’ युनिभर्सीटी अपम्यानचेस्टरका प्राध्यापक कोस्टास कोस्टारेलोसले भने ।

छाला, टाउको र घाँटीको क्यान्सरमा ट्युमर तताएर पनि उपचार गर्न सकिने बताएका छन् । अल्ट्रासाउन्ड मार्फत ट्युमरलाई तताउन सकिने सम्भावनाको बारे चर्चा भइरहेको छ । सुरुको परिक्षण उपयोगी भएको बाँच्ने आयुमा बृद्धी भएको जनाइएको छ । यो अध्ययन समूहका प्रमुख प्राध्यापक चाल्स स्वान्टनले कसरी तापक्रमबाट जोगाउने र साइडइफेक्टको बारे अध्ययन भइसके पछि औपचारिक प्रदर्शनी गरिने बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया