कायरो, १४ कात्तिक । दुइ सय यात्रु भएको रुषी एयरबस इजिप्टको सिनाइ क्षेत्रको मध्येमा विस्फोट भएको छ । इजिप्टको सरकारी निकायले दिएको जानकारी अनुसार ए–३२१ नम्बरको एयरबस रेड सि रिसोर्टबाट सेन्टपिटरबर्ग तर्फ जाँदै थियो । हसाना क्षेत्र वरपर विमानका टुक्रा फेला परेका छन् । साथै मानीसका शरिर पनि क्षत विक्षत भएका छन् । इजिप्टका अधीकारीले विमानका सबै यात्रु रुषी भएको जनाएको छ ।
रुषी राष्ट्रपती भ्लाडीमिर पुटीनले यसको छानबीनको प्रक्रिया सुरु भइसकेको बताएका छन् । साथै उनले उद्धार टोली त्यस तर्फ पठाइसकेको जानकारी दिए । उडान र सुरक्षा सम्बन्धी सतर्ककता नअपनाएको कारण विकान कम्पनी कोगालमाभियाको विरुद्धमा मुद्धा चलाइने भएको छ । मेट्रोजेटले सञ्चलन गर्ने एयरलाइन पश्चिमी साइबेरियामा केन्द्रित छ ।
रुषी अधीकारीले एयरवसमा २१७ जना रहेको जनाउदै त्यस मध्ये दुइदेखि १७ बर्षका १७ बच्चा र सात विमान कर्मचारी रहेको जनाएका छन् । यात्रुका आफन्तहरु पुल्कोभो विमानस्थलमा जम्मा भएका छन् । सुरुमा विमानको बारे धेरै हल्ला चलेको थियो । केहीले यो विमान साइप्रसको हुन सक्ने अनुमान पनि गरेका थिए । यीजिप्पटका प्रधानमन्त्रि सरिफ इस्मालीले भने रुषी विमान सिनाइको विच भागमा विस्फोट भएको विज्ञप्ती जारि गरेका थिए । इस्मालीले पनि विपद् ब्यबस्थापनका लागि कमिटी तयार गरेको बताएका छन् । त्यस क्षेत्रमा ठूलो सख्ंयामा सुरक्षाकर्मी तैनाथ छन् भने ५० वटा एम्बुलेन्स पुगेका छन् । सञ्चारमाध्यमले १सय शब फेला पारिसकेको जनाएका छन् । विमानको एउटा भाग जलेको छ भने अर्को भाग ढुंगामा ठोक्कीएर टुक्रा टुक्रा भएको छ । रुषी उड्यान अधीकारीबाट जारी विज्ञप्ती अनुसार केजीएल ९२६८ नम्बरको एयरबस बिहान सालेख सेख विमानस्थलबाट उडे पछि सेन्टपिटरबर्गको पोल्कोभो विमानस्थलमा पुग्ने तालीका थियो । उठान लिएको २३ मिनेट पछि नै एयरबसको साइप्रस एयरट्राफीक कन्ट्रोलसँग सम्पर्क छुटेको थियो । सो एयरबस ९ हजार ५ सय मिटरको उचाइमा रहँदा सम्पर्कबाटछ टाढा भएको हो ।
एयर ट्राफीक कन्ट्रोल गर्ने प्दलाइट रार्डरका मिखाइल रोबर्टसनका अनुसार विमान एबदम तीब्र गतीमा झर्ने क्रम सुरु भएको थियो । सम्पर्क टुट्नु अघि सम्म विमानको गती १५०० मिटर भन्दा बढी प्रति मिनेट थियो । धेरैले दुर्घटनाका कुने शैनय शक्तिको भुमिका हुन सक्ने अनुमान गरेका छन् । सिनाइमा स्वतन्त्र इस्लामीक राजयको माग गर्दै संघर्ष गर्दै आएका जिहाद भन्ने शैन्य समुह सक्रिय छ । छानबीनमा सक्रिय अधीकारीलाई उदृत गर्दै एक सञ्चारमाध्यमले प्राबीधीक कारणले विमान दुर्घटना भएको जनाएको छ । सन् २०१५ मा भएको यो नै सबैभन्दा भयाबह विमान दुर्घटना हो । यसै बर्षको ३० जुनमा इन्डोनेसियाको हर्कुलस सि–१३० शैन्य बिमान मेदानमा दुर्घटनामा परेको थियो । शैनय अधीकारीले दिएको जानकारी अनुसार विमानमा रहेका १२२ अर अन्य १९ जनाको निधन भएको थियो । २० मार्चमा जर्मन एयरबस ए ३२० फ्रान्सको डिग्नेमा दुर्घटनामा परेको थियो । बार्सीलोनाबाट जर्मनीको डुसेल्बर्ग तर्फ गइरहेको सो विमानमा रहेका १४८ जनाको निधन भएको थियो ।
प्रतिक्रिया