एलटीटीईका महिला नेताको मृत्यु

कोलोम्बो, २ कातिक । श्रीलंकाको पूर्व विद्रोही समुहको प्रमुखको क्यान्सर रोगका कारण आइतबार निधन भएको छ ।

श्रीलङ्काको पूर्व विद्रोही समूह तामिल टाइगरका महिला सङ्गठनका पूर्व प्रमुख रहेको उनले त्यहाँ स्थित, लिबरेसन टाइगर अफ तामिल इलम (एलटीटीई) का  नेता थामिलिनीको कोलम्बोस्थित एक क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

पूर्व महिला नेतृ थामिलिनी सन् १९९१ मा विद्रोही तामिल समूहमा प्रवेश गरी उत्तरी श्रीलङ्काको सैन्य तालिम लिनु भएको थियो । पछि तामिल समूहकी अर्की एक नेतृको सेनासँगको झडपमा मृत्यु भएपछि महिला विभागको प्रमुखका रूपमा काम गर्नुभएको थियो ।

तीस वर्ष लामो युद्धमा तामिल टाइगरको हारपछि उहाँलाई सन् २००९ मा पक्राउ गरी कैयौँ नेता तथा कार्यकर्तासहित पुनःस्थापनाका लागि सरकारी शिविरमा पठाइएको थियो । सन् २०१३ मा समाजमा पुनःस्थापनाका लागि दिइएको तालिमपछि थामिलिनीलाई उनलको परिवारलाई बुझाइएको थियो । पुनःस्थापना तालिमपछि समाजमा फिर्ता पठाइएकी थामिलिनी एलटीटीईका एक वरिष्ठ सदस्य रहेकी थिइन् ।

प्रतिक्रिया