डुङ्गा दुर्घटनामा १२ को मृत्यु

इस्तानबुल १ कातिक । टर्कीको ऐजन सामुद्रिक इलाकामा डुङगा डुब्दा १२ जना आप्रवासी शरणार्थीको मृत्यु भएको छ । शरणार्थीलाई लिई ग्रीसको लेसबसस्थित एक टापुमा जाने क्रममा भएको डुङ्गा दुर्घटनामा १२ जनाको मृत्यु भएको हो ।

डुङ्गामा सवार बाँकी २५ आप्रवासी शरणार्थीलाई सकुशल उद्धार गरिएको टर्कीको सामुद्रिक सुरक्षा अधिकारीले जनाएको छ ।  त्यहीँको अर्को समाचार संस्थाले भने मृतकको सँख्या १७ पुगेकोे जनाएको छ ।

डुङ्गामा ४८ देखि ५२ जनासम्म सवार रहेको बताइएको छ । सन् २०१५ को सुरुदेखि अक्टोबर १५ सम्म टर्कीको बाटो हुँदै करिब चार लाख आप्रवासी ग्रीस प्रवेश गरिसकेका अन्तराष्ट्रियसंचार माध्ययमले जनाइएका छन् ।

यसबर्ष टर्की हुँदै ग्रीस जाने क्रममा करिब तीन हजार आप्रवासीको विभिन्न दुर्घटनामा परी मृत्यु भइसकेको छ । मृतकमध्ये अधिकांश सिरियाली नागरिक भएको पनि बताइएको छ ।

प्रतिक्रिया