नवाज शरिफ अमेरिका जाने

इस्लामावाद, २८ असोज । पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ आगामी अक्टुबरको २० देखि २४ तारिखमा संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् ।

अमेरीकी राष्ट्रपति ओबोमाको निम्तामा उनी जान लागेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

बिहीबार दिइएको जानकारी अनुसार पाकिस्तानी प्रधानमन्त्री शरिफले सो भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामा र अमेरिकी मन्त्रिपरिषद्का सदस्यहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

अगस्ट महिनामा भएको अमेरिकी सुरक्षा सल्लाहकार सुसन राइसको पाकिस्तान भ्रमणका क्रममा उनले  पाकिस्तानी प्रधानमन्त्रीलाई राष्ट्रपति ओबामाको आमन्त्रण हस्तान्तरण गरेका थिए । गत महिनामात्र पनि पाकिस्तानी प्रधानमन्त्री शरिफले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गरी संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताका लागि अमेरिका पुगेका थिए ।

प्रतिक्रिया