इबोलाले नर्सलाई हैरान

लन्डन, २८ असोज । बेलायतको लन्डनस्थित रोयल फ्री अस्पतालमा इबोलाको पुनः सङ्क्रमनबाट त्यँही उपचाररत् स्कटल्यान्डकी नर्स पाओलिन क्याफर्कीलाई  हैरान पारेको छ। उनलाई यो रोगले निकै जटिल अवस्थामा पु¥याएको हो ।

सिओरालियनमा इबोला प्रभावित बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा इबोला भाइरसको सङ्क्रमण भई गएको जनवरीमा उपचारपछि आफ्नो घर स्कटल्यान्ड फर्किएकी नर्स क्याफर्कीे इबोलाको पुनः सङ्क्रमणपछि बेलायतको लन्डनस्थित रोयल फ्री अस्पतालमा फर्केर उपचार गराउँदै आएक िछन् ।

क्याफर्कीको स्वास्थ्यमा अहिले अत्यन्तै जटिल समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले एक वक्तव्य जारी गरी जनाएका छन् । क्याफर्कीलाई अहिले रोयल फ्री अस्पतालको एकान्त कक्षमा उपचार गरिंदै  छ ।

उनलाई स्कटल्यान्डको ग्लासगोस्थित क्वीन एलिजावेथ युनिभर्सिटी अस्पतालमा उपचार सम्भव नभएपछि शुक्रबार बिहान मात्र रोयल फ्री अस्पतालमा भर्ना गरिएको हो ।

प्रतिक्रिया