काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को १०३औँ बैठकले पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद–२०७२ को लागि विभिन्न उप–समितिका संयोजकहरूको चयन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार विज्ञप्ती जारी गरी युवा तथा खेलकुदमन्त्रीको संयोजकत्वमा खेलकुद मन्त्रालयका सह–सचिव, सचिव रहने गरी अनुगमन तथा मूल्यांकन विशेष उपसमिति बनाएको छ । त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको संयोजकत्वमा अनुशासन उपसमिति गठन गरिएको छ ।
यसै गरी प्राविधिक उपसमितिको संयोजकमा गंगाबहादुर थापा मगर, खेलस्थल व्यवस्थापन उपसमितिको संयोजकमा पूर्वाञ्चलका खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा शिवबहादुर बस्नेत, समारोह उपसमिति संयोजकमा राजेन्द्र श्रेष्ठ (राजु), प्रचारप्रसार उपसमिति संयोजकमा शकुन्तला नगरकोटी, स्वास्थ्य उपसमिति संयोजकमा नारायणप्रसाद पौडेल, श्रोत परिचालन उपसमिति संयोकमा सुरेन्द्र हमाल, खेल सामग्री व्यवस्थापन उपसमिति संयोजकमा महम्मद समिउल्लाह चयन भएका छन् । त्यस्तै बसोवास व्यवस्थापन उपसमिति, सुरक्षा उपसमिति, र सांस्कृतिक उपसमितिको संयोजक चयन हुन बाँकी रहेको विज्ञप्तीमा जनाइएको छ । उपसमितिका अन्य सदस्यहरू संयोजकहरूले आप्mनो आवश्यकतालाई हेरेर चयन गरिनेसमेत जनाइएको छ । त्यस्तै बैठकले १० भदौमा राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्य नजर राख्दै एक क्षेत्रीय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ । क्षेत्रीय भेलामा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष, कोषाध्यक्ष, सचिव र पदाधिकारीहरू, पूर्वाञ्चलका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, कोषाध्यक्ष र कार्यालय प्रमुखहरूको उपस्थिति रहनेछ ।
यसैगरी सोही समयमा पूर्वाञ्चलमा रहेका उद्योगी, व्यापारी, सुरक्षा निकायका प्रमुखहरू (पूर्वाञ्चल), स्थानिय निकायका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू, प्याब्सन तथा एनप्याब्सनका प्रमुखहरू, शिक्षक, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधिहरू, यातायात व्यवसायीहरू आदिसँग अन्तत्र्रिmया गर्ने कार्यक्रमसमेत रहेको छ । (सौस)
प्रतिक्रिया