काठमाडौं । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) को आयोजनामा चौथो विद्यालय स्तरीय खुला टेबलटेनिस प्रतियोगिता २५ भदौदेखि हुने भएको छ ।
प्रतियोगितामा छात्र÷छात्रा खुला सिंगल्स, यु–१२ छात्र÷छात्रा सिंगल्स तथा छात्र÷छात्रा टिम इभेन्ट गरी जम्मा ६ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष प्राडा.रामकृष्ण महर्जनले जनाएका छन् । कक्षा १० सम्ममा अध्ययनरत विद्यार्थीले मात्र सहभागी हुन पाउने प्रावधान छ ।
छात्र-छात्रा खुला सिंगल्सका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुने दुई खेलाडीले २–२ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । यु–१२ छात्र÷छात्रा सिंगल्समा पहिलो हुनेले ५ हजार, दोस्रोले २ हजार र तेस्रो हुनेले १–१ हजार रुपैयाँ पुरस्कार थाप्ने छन् । टिम इभेन्टमा नगद पुरस्कार राखिएको छैन । (सौस)
प्रतिक्रिया