बेलायतका कोय विश्व एथलेटिक्सका प्रमुख

Lord_Coeबेइजिङ, २ भदौ । ८० को दशकको विख्यात मध्यम दुरीका धावक लर्ड कोय एथलेटिक्सको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय एमच्योर एथलेटिक्स संघको अध्यक्षमा निर्वाचित भएका छन् । १ हजार ५ सय मिटरका पूर्व ओलम्पिक तथा विश्व च्याम्पियनसिप च्याम्पियन कोयले पोलभोल्टका स्टार सर्गी बुब्कालाई ११५–९२ मतले पराजित गरे । कोयले पहिलो चुनौती एथलेटिक्समा लगातार देखिएको डोपिङको समस्या हटाउने हुनेछ । दुई ओलम्पिक स्वर्ण विजेता मोफराहा र १ हजार ५ सय मिटर रजत विजेता बेलायती स्टिभ क्रमले कोयको पक्षमा जनमत सिर्जना गर्ने काम गरेका थिए ।

१६ वर्ष एथलेटिक्सको नेतृत्व गरेका सेनेगलका ८२ वर्षीय डामिन लियाकलाई कोयले प्रतिस्थापन गर्नेछन् । कोयले खेलाडीको सन् १९८० र १९८४ को ओलम्पिकमा १ हजार ५ सय मिटरमा स्वर्णपदक जितेका थिए । उनले १ हजार ५ सयका साथै ८ सय मिटरमा अनेकौँ कीर्तिमान पनि राखेका थिए । इंग्ल्यान्डको लिजेन्ड हुने दौडमा उनको ८० को दशकभरि स्टिभ ओभेट र क्रमसँग प्रतिस्पर्धा भई नै रह्यो । ५८ वर्षीय कोय लन्डनमा भएको ओलम्पिकमा आयोजक कमिटीका प्रमुख थिए । कोयले थुप्रै चुनौती आप्mना सामु भएको स्वीकार गरेका छन् भने पराजित बुब्काले एथलेटिक्सले अझ प्रगती गर्नेमा विश्वास रहेको बताए ।

अमेरिकी ट्रायक एन्ड फिल्डका अधिकारीले कोय आप्mनो सोचमा निरन्तर लाग्ने व्यक्ति भएका कारण उनको नेतृत्वमा एथलेटिक्सले फड्को मार्ने विश्वास राखेका छन् । यसैगरी, युरापेली एथलेटिक्स महासंघका प्रमुख सेभिन आर्ने हान्सनले कोयसँगको सहकार्य सकरात्मक हुने विश्वास व्यक्त गरेका छन् । अस्ट्रेलियका प्रमुख डेविड ग्रेसले मैदान, प्रशासन र प्रविधि तीनै क्षेत्रको ज्ञाताले एथलेटिक्सको नेतृत्व गर्ने भएपछि यसले नयाँदिने विश्वास रहेको प्रतिक्रिया दिएका छन् ।

यसैबीच, एथलेटिक्स खेलमा पछिल्लो समय देखिएको डोपिङको ब्याक समस्यामा बेलायती धाविका जेनी मिडोजले निराशा व्यक्त गरेकी छिन् । २०११ को ८ सय मिटरको युरोपेली च्याम्पियनसिपको पहिलोपदक उनले डोपिङ परीक्षणपछि पाएकी थिइन् । रुसकी युगेनेभा जेनरोभाको मूत्र परीक्षणपछि उनलाई डोपिङमा असफल ठह¥याउँदै मिडोजलाई पदक दिइएको थियो । हालै डोपिङसम्बन्धी समाचार बाहिर आएपछि गरिएको छानबिनको आधारमा २८ जनालाई प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया