पोखरा, १ भदौ । राइजिङ क्रिकेट फर उमन क्लब, काठमाडांै र माछापुच्छे« क्रिकेट क्लब, पोखराको संयुक्त आयोजनामा बुधबारदेखि पोखरामा महिला क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । नदिपुरस्थित नगर विकास प्रशिक्षण खेल मैदानमा हुने उक्त प्रतियोगिता राउन्ड रोबिनको आधारमा खेलाइने पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा आयोजक आरसिडब्लु, एमएमसी र अरण्यज्योति क्रिकेट क्लबले भाग लिनेछन् । आरसिडब्लुको टिम क्षेत्र नम्बर ३ काठमाडौंकी कप्तानसमेत रहेकी अस्मिना कर्माचार्यको नेतृत्वमा रहेको छ । यसैगरी, एमएमसी नेपाली राष्ट्रिय महिला टिमका उपकप्तान ममता थापाको नेतृत्वमा तथा अरण्यज्योति सरु राजभण्डारीको नेतृत्वमा रहेको छ । नेपाली राष्ट्रिय महिला टिमका कप्तान रुबिना क्षेत्रीको कप्तानीमा रहेको लर्ड बुद्ध एकेडेमीले पनि प्रतियोगितामा भाग लिने जनाएको थियो । तर पूर्वका जिल्लाहरू बन्द रहेकाले सो टिम पोखरा आउन नसकेको आरसिडब्लुका अध्यक्ष आरती बिंडारीले जानकारी दिइन् । ‘म खेलाडी हुँ, मैले भोगेका समस्या नयाँ खेलाडीहरूले भोग्न नपरोस् भनेर यो क्लबको सुरुआत गर्न लागेकी हुँ’ उनले भनिन् ।
प्रतियोगितामा च्याम्पियन हुने टोलीले २० हजार रुपैयाँ पाउनेछ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट बलर र ब्याट्स उम्यानलाई पनि ट्रफी पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजकसमेत रहेकी बिंडारीले बताइन् । माछापुच्छे« क्रिकेट क्लबले मैदान तथा खेलाडीहरूको आवास र खानाको व्यवस्था गरेको छ । महिलाले पनि पुरुषले समान अवसर पाउनुपर्छ भनेर यो प्रतियोगितालाई पोखरामा आयोजना गरिएको एमसिसीका अध्यक्ष दिपेश खत्रीले बताए । भदौको १ गतेदेखि प्रतियोगिता सुरु गर्ने भनिएता पनि दुई दिने नेपाल बन्दका कारण प्रतियोगिता सार्न परेको उनले जानकारी दिए ।
प्रतियोगितामा अमेरिकाका रोबर्ट बिज्लीले पनि आर्थिक सहयोग गरेका छन् । ‘मानिसको मानसिक एवं शारीरिक स्वस्थ्यताका लागि खेलकुदको आवश्यकता रहने गर्दछ’ दुई पटक कायाकिङ वल्र्ड च्याम्पियनसिपमा भाग लिइसकेका बिज्लीले भने । ‘नेपालमा आएको महाभूकम्पले खेलाडीहरूको मानसिकतामा पनि असर पारेको छ, यो तनावबाट खेलाडीहरूलाई मुक्त पार्नका लागि पनि यो प्रतियोगिता आयोजना गरिएको हो’, उनले भने ।
प्रतिक्रिया