ज्ञानोदयको विजयी सुरुआत

काठमाडौं । ज्ञानोदयले गणेशमान सिंह कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित ल्याबोरेटरी उमाविको मैदानमा ज्ञानोदयले नेक्ससलाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो ।

गणेशमान सिंह फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा ल्याबोरेटरीले जेम्सलाई सडन डेथमा हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो ।

प्रतियोगिताको सभासद् राजेन्द्र केसीले निर्णायक शुक्र तामाङलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । १० भदौसम्म चल्ने प्रतियोगितामा १६ टिम सहभागी छन् । विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । (सौस)

प्रतिक्रिया