काठमाडौं । पेरुमा हुने विश्व किक बक्सिङ च्याम्पियनसिपमा छनोट भएका एसियन किक बक्सिङ च्याम्पियनसिपमा रजत पदक विजेता बक्सर रुद्र लिम्बू सम्मानित भएका छन् ।
लिम्बूलाई धुम्बाराहीस्थित रहेको ग्लोबल एकेडमी अफ टुरिजम एन्ड हस्पिटालिटी(गेट) र ब्रिटिस हेल्थ क्लबले प्रससांपत्र, दोसल्लालगायतले सम्मान गरेको हो । पदक विजेता खेलाडी रुद्रलाई ग्लोबलका सिइयो खेमराज लकाई, क्लबका अध्यक्ष कमल लिम्बू र महासचिव शिव लिम्बूले सम्मान गरे । उक्त अवसरमा क्लबले मिस प्लस टू नेपाल आचल दवाडीलाई समेत सम्मान ग¥यो ।
रुद्रले गत १ देखि १० अगस्टसम्म भारतको पुने सहरमा भएको वाको एसियन किक बक्सिङ च्याम्पियनसिपमा समान एक रजत तथा कास्य पदक हात पारेका थिए । उनले फुल कन्ट्याक्टतर्पm ८६ केजी तौल समूहमा रजत तथा रिङ फाइटकै फ्री वेटमा कास्यपदक जितेका थिए । जुन प्रतियोगितामा नेपालले ऐतिहासिक चार स्वर्णपदकसमेत हात पारेको थियो ।
उक्त अवसरमा ग्लोबलका सिइयो लकाई तथा क्लबका अध्यक्ष कमल द्वयले रुद्रको थप सफलताको शुभकामना व्यक्त गरे । (सौस)
प्रतिक्रिया