मुम्बई, १४ साउन । ‘करण–अर्जुन आउनेछन्, एक दिन वापस जरुर आउनेछन्’ शाहरूख र सलमानको फिल्मको यो प्रख्यात डाइलग दर्शकलाई धेरै राम्ररी याद छ । तर, यो आशा भने बिल्कुलै कम थियो कि यी दुई स्टार एक साथ चलचित्रमा आउनेछन् भनेर । समाचारअनुसार ‘करण–अर्जुन’ फेरि एकपटक दर्शकसामु आउनसक्नेछन् । उनीहरूलाई एक साथ पर्दामा उतार्ने तयारी यसराज फिल्म्स्का मालिक आदित्य चोपडा गरिरहेका छन् ।
भारती सञ्चारमाध्यममा आएको समाचारअनुसार आदित्य चोपड़ा एक रोमान्टिक थ्रिलर फिल्म बनाउने तैयारीमा छन् जुन चलचित्रमा शाहरूखसँगै सलमान पनि मुख्य भूमिकामा हुनेछन् । बताइएअनुसार शाहरूख र सलमानले कथा मनपराइसकेका छन् र चलचित्रमा काम गर्न मन्जुर पनि भइसकेका छन् ।
समाचारअनुसार चलचित्रमा शाहरूखसँग रणवीर सिंहलाई लिने तयारी भएको थियो तर आदित्य चोपडाले शाहरूखसँग सलमानलाई पर्दामा उतार्न सकिए चलचित्र नै अर्कै हुनेछ भन्ने सोच बनाए र शाहरूख र सलमानसँग चलचित्र बनाउनेमा जुटे ।
मिडियाले ‘अब तपाईंहरू एकैसाथ एउटै फिल्ममा कहिले देखिनुहुन्छ ?’ भन्ने प्रश्ना गर्दा दुवै स्टारको उत्तर हुन्थ्यो, ‘यदि हामी दुवैले एकैसाथ काम गर्न मिल्ने कथा आयो भने पक्कै हामी एकैसाथ एउटै फिल्ममा देखिनेछौँ ।’ उसो भए के आदित्यले यस्तो कथा फेला पारेकै हुन् त ?
प्रतिक्रिया