कोलम्बो (श्रीलङ्का), १० साउन । पूर्व श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्षको ‘युनाइटेड पिपुल्स फ्रिडम एलायन्स’ (युपीएफए) संयुक्त सरकारमा सामेल नहुने बताएका छन् ।
श्रीलङ्काली पूर्व राष्ट्रपतिले आगामी महिनामा हुन लागेको चुनावमा युपीएपफएबाट संसदीय चुनावमा भाग लिँदै छन् ।
चुनावी प्रदर्शनमा सहभागीलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति राजापाक्षले भने, “सत्तारुढ दल युनाइटेड नेसनल पार्टी चुनावपछि सहमतीय सरकारको कुरा गर्दैछ, यो सम्भव छैन ।”
आफ्नो नेतृत्वमा रहेको युपीएफएले संसदमा बहुमत ल्याउने विश्वास प्रकट गर्नुहुँदै राजापाक्षले तामिल अल्पसङ्ख्यकको चुनावी घोषणापत्रबाट सजग बन्न भने, उनले तामिल अल्पसङ्ख्यकको तामिल नेसनल अलाएन्सलाई (युएनपी) ले सहयोग गरेको समेत उक्त अवसरमा दाबी गरे ।
आफ्नो पार्टी युपीएफएले तामिलका जायज मागलाई सम्बोधन गर्न तयार रहेको भएपनि तामिलहरूको छुट्टै राज्य बनाउने कुरामा भने आफू र आफ्नो पार्टी सहमत नरहने जनाए ।
प्रतिक्रिया