दिल्ली । दिल्लीको अदालतले स्पट फिक्सिङमा परेका क्रिकेटर एस श्रीशान्तलाई मुक्त गरेको छ । उनीसँगै रहेका अंकित चौहान र अजित चन्डिलालाई पनि स्पट फिक्सिङ (खेल मिलेमतो)को आरोपबाट मुक्त गरेको छ ।
अदालतले तीन खेलाडीसँगै ३६ ओरापीलाई खेल मिलेमतोमा संलग्न नरहेको भन्दै आरोपबाट मुक्त गरेको हो । सन् २०१३ आइपिएल ६ मा फिक्सिङको आरोकपमा राजस्थान रोयल्सका खेलाडी श्रीशान्त, चौहान र चन्डिला पक्राउ परेका थिए ।
पटियाल अदालतले श्री शान्तलाई मुक्त गरे पनि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले भने उनीमाथि लगाएको आजीवन प्रतिबन्ध नहटाउने भएपछि उनलाई ठूलो झड्का लागेको छ ।
यसअघि खेल मिलेमतोको आरोप लागेका तीन खेलाडीलाई सन् २०१३ को मेमा अनुुसन्धानका लागि पक्राउ गरिएको थियो । पछि उनीहरू धरौटीमा रिहा भएका थिए ।
श्रीशान्तले अदालतको बयानमा ५ महत्वपूर्ण मनछुने जवाफ दिएका थिए, जसका कारण उनी सहजै रिहा भएका हुन् । बयानमा उनले म क्रिकेट खेल्नका लागि जन्मेको हुँ, अतीतमा मैले धेरै सहेँ, मेरो छोरीले मलाई आतंकवादी नसम्जिऊन, मेरा कारण बुबालाई दुईपटक हृदयघात भयो र म बिसिसिआईको निर्णयबाहिर कहिल्यै जान्नँ ।
तथापि अदालतको फैसलापछि श्रीशान्तले रुँदै आफू निकै खुसी भएको र आफू क्रिकेटका लागि जन्मेको बताउँदै बिसिसिआइले छिट्टै न्याय गर्ने बताए ।
यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले प्रेस वक्तव्य जारी गर्दै आफ्नो निर्णय नबल्दने भएको बताएको थियो । साथै बिसिसिआईले अदालतले गरेको निर्णयले आफ्नो निर्णयलाई असर नगर्ने जनाइएको छ । जसका कारण बिसिसिआईले खेलाडीमाथि लगाएको आजीवन प्रतिबन्धलाई निरन्तरता दिने बुझिएको छ । (एजेन्सी)
प्रतिक्रिया