पुरुष टिम इभेन्टमा आर्मीलाई स्वर्ण

ttकाठमाडौं । त्रिभुवन आर्मी क्लबले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बुधबार स्वर्ण जितेको छ । फाइनलमा आर्मीले नेपाल प्रहरी क्लबलाई ३–२ ले पराजित ग¥यो । ललितपुर र एपिएफ क्लबले तेस्रो स्थानमा चित्त बुझाए । पुरुषमा दोस्रो भएको प्रहरी अघिल्लो दिन महिला टिम इभेन्टमा भने पहिलो भएको थियो ।

भूकम्पपीडित राष्ट्रिय टेबलटेनिस खेलाडीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज टिम इभेन्टनमा आदर्श विद्या मन्दिर (एभिएम) पहिलो, प्रोक्सिमा दोस्रो तथा स्वर्णिम र ग्यालेक्सी पब्लिक स्कुल तेस्रो भए । त्यसै स्पर्धाको गल्र्समा पनि एभिएम पहिलो स्थानमा रह्यो । कान्तिपुर इंग्लिस एकेडेमी दोस्रो भयो भने ह्वाइटफिल्ड उमावि र ग्यालेक्सी संयुक्त रूपमा तेस्रो बने ।
गल्र्स सिंगल्समा एभिएमकी दीक्षा तामाङ र लस्था महर्जन फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा दीक्षाले रूपन्देहीकी सुकृति श्रेष्ठलाई ९–११, ११–९, ११–५ र ११–५ तथा लस्थाले एभिएमकै सिक्का सुवाललाई ११–७, ११–९, ८–११ र ११–५ को सेटमा हराए ।
सोही स्पर्धाको ब्वाइजमा नोबेल एकेडेमीका स्यान्टु श्रेष्ठ फाइनलमा पुगे । पहिलो सेमिफाइनलमा स्यान्टुले एभिएमका आशिष शर्माको चुनौती ११–६, ११–९ र १२–१० ले पन्छाए । स्यान्टुले एभिएमका रीतिज जोशी र युसिपिएसका घनश्याम शर्माबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । (सौस)

प्रतिक्रिया