खोप्तीमा विद्युतीकरण

म्याग्दी । म्याग्दीको निस्कोट गाविस–१ खोप्तीमा आइतबार केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । जिविस, गाविस र स्थानीयवासीको ३० लाख १६ हजार रुपैयाँको लागतमा खोप्ती गाउँका ५२ घरधुरीमा विद्युत् सुविधा बिस्तार गरिएको हो । विद्युतीकरण योजनाको सभासद् रेशमबहादुर बानियाँले उद्घाटन गरे ।
जिविसले १३ लाख र गाविसले दुई लाख सहयोग गरेको योजनाका लागि उपभोक्ताले पाँच हजार ८ सयका दरले चन्दा संकलनका साथै १३ दिनका दरले श्रमदान गरेको निस्कोट केन्द्रीय विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर मल्लले बताए ।
अध्यक्ष मल्लका अनुसार विद्युतीकरणका लागि सामुदायिक वन र आमा समूहले एक लाख ८० हजार सहयोग गरेका छन् । ट्रान्सफर्मर जडानका लागि पर्वतका सभासद् अर्जुनप्रसाद जोशीले सहयोग गरेको अध्यक्ष मल्लले बताए । (सौस)

प्रतिक्रिया