डब्लिन, ३ साउन । स्कटल्यान्ड र आयरल्यान्डमा जारी आइसिसी टी–२० विश्वकप छनोट चरणमा नेपालले कमजोर प्रदर्शनको शृंखलाललाई समूह चरणको अन्तिमखेलसम्म निरन्तरता दिँदै जर्सीसँग ५ विकेटले पराजित भएकोे छ । विश्वकपमा छनोट हुन असफल रहे पछि नेपालको टी–२० मान्यता पनि गुमेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले एक दिवसीय मान्यता नपाए पनि टी–२० मान्यता पाएका देश विश्वकपमा छनोट नभए यो मान्यता गुम्ने निर्णय गरिसकेको छ ।
छनोट चरणको उपाधि नै जित्ने लक्ष्यसहित आयरल्यान्ड पुगेको नेपाली टोलीले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरे पनि त्यो नै नेपालको एक मात्र जितको रूपमा रह्यो । त्यसपछि नामिबियासँगको वर्षाको कारण अंक बाँडेको नेपाल लगातार चार खेलमा पराजित भयो ।
शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल जर्सीसँग सात विकेटले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १०६ रनको लक्ष्य पछ्याएको जर्सीले १६.१ ओभररमा १०७ रन बनाउँदे लक्ष्य पूरा ग-यो ।
यो जितसँगै जर्सीले विश्वकपमा छनोट हुने आशा जीवितै राखेको छ । यता नेपालले यो हारसँगै टी–२० मान्यता पनि गुमाउने सम्भावना पनि देखिएको छ । जर्सीको विश्वकप यात्रा जीवित राख्ने क्रममा जोन्टी लेनरले सर्वाधिक ३० रन बनाए । त्यसैगरी पिटर गाउजले २७ रन जोडे । अविजित रहँदै कर्नलेस बोडेन्सट्येनले पनि २७ रनको योगदान दिए । नेपालका लागि शक्ति गौचन र पारस खड्काले समान एक–एक विकेट लिए । यसअघि सिनियर टिममा डेब्यु गरेका सिद्धान्त लोहनीको २७ रनको मद्दतमा नेपालले एक सय रन पार गरेको थियो । सिद्धान्त लोहनीले १६ बलमा दुई छक्काको मद्दतमा २७ रन बनाए । त्यसैगरी उपकप्तान ज्ञानेन्द्र मल्लले २६ रन जोडे । जर्सीविरुद्वको जित्नैपर्ने खेलमा अन्य खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो । ओपनर प्रदीप ऐरी र विनोद भण्डारीलाई २ र ३ रनमा गुमाएको नेपालले कप्तान पारस खड्कालाई पनि ११ रन जोडेको अवस्थामा गुमायो । शरद भेसवाकरले १६ रन जोडे । ज्ञानेन्द्र मल्ल पनि २६ रनमा आउट भए । ज्ञानेन्द्र आउट भएपछि उनको स्थानमा सिद्धान्त लोहनीले पारी सम्हालेका थिए । जर्सीका लागि नाट वाट्किन्सले तीन तथा एन्थोनी क्येले दुई विकेट लिए ।
तीन खेलमा प्रतिस्पर्धात्मक खेलसमेत खेल्न नसकेको नेपाल पपुवान्युगिनीसँग आठ विकेट, आयरल्यान्डसँग आठ तथा हङकङसँग पाँच विकेटले पराजित भएको थियो । पराजित भएका चार मध्य तीन खेलमा नेपालले अत्यन्त न्यून योगफल बनायो । आयरल्यान्ड र पपुवान्युगिनीसँग एक सय रन पार गर्न नसकेको नेपालले जर्सीसँग मुस्किलले एक सय रन पार ग¥यो । आयरल्यान्डले आठाँै तथा पपुवान्युगिनीले १५औँ ओभरमा लक्ष्य भेट्टाएका थिए भने जर्सीले पनि २३ बल बाँकी रहँदै जित हात पा¥यो । आयरल्यान्डसँग ५३ रनमा समटिनु नेपाली क्रिकेटको सबैभन्दा खराब ब्याटिङ कीर्तिमानको रूपमा रह्यो ।
पछिल्लो समय राज्यको प्रमुख प्राथमिकतामा परेको नेपाली क्रिकेटको कमजोर प्रदर्शनले सबैलाई चकित तथा आश्चर्यमा पारेको छ । नेपालका मुख्य खेलाडीहरू यस शृंखलामा असफल रहे । पछिल्लो समय चर्चामा रहेका पारस खड्काले कुनै पनि खेलमा राम्रो ब्याटिङ गरेनन् । पहिलो खेलमा नै अर्धशतकीय पारी खेलेका उपकप्तान ज्ञानेन्द्र मल्ल अन्तिम खेलमा मात्र धेरथोर छाए ।
१२ वैशाखको विनाशकारी भूकम्पका कारण नेपालमै अभ्यास गर्न असम्भव भएपछि भारतीय क्रिकेट बोर्डले भारतको हिमाञ्चल प्रदेशमा दुई साता लामो प्रशिक्षण गर्ने मौका दिएको थियो । यस्तै आइसिसीले पनि नेपाललाई नेदरल्यान्डविरुद्व चार आधिकारिक अभ्यास खेल खेल्ने मौका दिएको थियो । भारत र युरोपमा नेपालले अभ्यास गरेको थियो ।
प्रतिक्रिया