पढाइ र खेल दुवैमा अब्बल कृपा

kripaकाठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कृपा अधिकारीलाई शेरबहादुर खड्का स्मृति प्रतिष्ठान बालकोटले शनिबार सम्मान गरेको छ । प्रतिष्ठानका तर्पmबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले कृपालाई सम्मान गरे ।
२०७१ सालको एसएलसी परीक्षामा ८९.२५ प्रतिशत अंक प्राप्त गरेकोले कृपालाई प्रतिष्ठानले सम्मान गरेको होे । न्यु डायमन्ड एकेडेमीकी कृपालाई प्रतिष्ठानले १५ हजार रुपैयाँ प्रदान ग¥यो । प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले खेलाडीको हौसला बढाउनका लागी सम्मान गरेको बताए । सोअवसरमा एकेडेमीका प्रिन्सिपल एवं प्रशिक्षक कुमार राईले खेलकुद गतिविधि गर्ने संस्थाको मुल्यांकन गरेर सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । सम्मान कार्यक्रममा भलिबल संघकी सदस्य सुनकेसरी मालीलगायतको उपस्थिति रहेको थियो । भलिबल खेल्न थालेको पाँच वर्षमै राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य हुन सफल कृपाले काठमाडौंमा भएको दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप भने एसएलसी परीक्षाको कारण गुमाएको थिइन् । ‘सुरुमा परिबारबाट अप्ठेरो भए पनि पढाइमा पनि स्तर कायम रहेको कारण पछिल्ला समय पारिवारबाट पनि सहयोग रहेको उनी बताउँछिन् ।
त्यसो त प्रशिक्षक कुमार कृपा अस्वभाविक प्रतिभाशाली विद्यार्थी भएको स्विकार्छन् । ‘राष्ट्रिय स्तरमै सफल खेलाडी भएर पनि उनको पढाइको स्तर देखेर हामी नै अचम्ममा परेका थियौँ ।’ (सौस)

प्रतिक्रिया