काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)कोे १०२औँ बोर्ड बैठकले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरमा गर्ने निर्णय गरेको छ ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको बैठकले मंसिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै भारतमा हुने बाह्राँै दक्षिण एसियाली प्रतियोगिता(साग)मा नेपालले सहभागिता जनाउने निर्णायसमेत भएको राखेप सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए । बैठकमा विभिन्न समयदेखि राखेपमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको स्थायी प्रक्रिया अगाडि बढाउने निर्णय तथा विगत दस वर्षदेखि कर्मचारीको रोकिएको बढुवा प्रक्रिया पनि अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी गतवर्ष दक्षिण कोरियाको इन्चोन सहरमा सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने क्रममा घाइते भएका तेक्वान्दो खेलाडी सक्षम कार्कीको उपचारका लागि सरकारसँग आर्थिक सहयोगका लागि पहलसमेत गर्ने निर्णय बैठकले गरेको छ । (सौस)
प्रतिक्रिया