काठमाडौं । चितवनको भरतपुरमा जारी दोस्रो चितवन च्याम्पियनसिपमा युनिक फुटबल क्लब र मिलनचोक फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो खेल युनिक फुटबल क्लबले भरतपुर फुटबल क्लबलाई २–० ले पराजित ग¥यो । खेलमा युनिक फुटबल क्लबको मदन लामाले १३औँ मिनेटमा पहिलो गोल गरे । त्यस्तै युनिक फुटबल क्लबका विवेक गुरुङले २९औँ मिनेटमा पुनः अर्काे गोल गर्दै दोस्रो गोलको अग्रता दिलाए ।
भरतपुर फुटबल क्लबका लागि रवी पसवानले ३२औँ मिनेटमा गोल गरेका थिए । सो खेलमा युनिक फुटबल क्लबका मदन लामाले उत्कृष्ट गोल गरेका कारण म्यान अफ दि म्याच घोषित भए । त्यस्त दोस्रो खेलमा मिलनचोक फुटबल क्लब विजयी भएको छ । मिलनचोक फुटबल क्लबले रामपुर फुटबल क्लबलाई २–१ ले पराजित गरेको छ । मिलनचोक फुटबल क्लबका लागि खेलको पाँचौँ मिनेटमा सन्तोष गुरुङले पहिलो गोल गरेका थिए । त्यस्तै मिलनचोक फुटबल क्लबका लक्ष्मण भण्डारीले १८औँ मिनेटमा अर्कोे गोल गरे । रामपुर फुटबल क्लबका सुमन गुरुङले ४७औँ मिनेटमा गोल गरे । सो खेलमा मिलनचोक फुटबल क्लबका जितबहादुर गुरुङले उत्कृष्ट डिफेन्डिङ गरेका कारण म्यान अफ दी म्याच घोषित भए । (सौस)
प्रतिक्रिया